सरकार, प्रहरी तालिम केन्द्र सार्ने निर्णय पुनर्विचार होस्

महाराजगञ्जबाट प्रहरी प्रतिष्ठान सार्ने पूर्ववर्ती सरकारको निर्णय कार्यान्वयन नगर्न माग गर्दै नेपाल प्रहरीका १४ जना पूर्वमहानिरीक्षकले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।  कुनै संगठनका पूर्वप्रमुखहरूले एक स्वरमा कुनै विषयमा सरकारको ध्यानाकर्षण गराउनु एउटा दुर्लभ परिघटना हो । प्रतिष्ठान सार्ने निर्णयको विरोधमा यति धेरै पूर्व आईजीपीहरू एक ठाउँमा उभिनु पनि एउटा दुर्लभ घटना बनेको छ । राजधानीको मध्य शहरबाट तालिम केन्द्र काभ्रेको पनौतीमा सार्ने निर्णय पूर्ववर्ती सरकारले गरेको थियो । तालिम केन्द्र सार्ने भन्...

सम्बन्धित सामग्री

प्रहरी तालीम केन्द्र हटाउन खोज्नुको अन्तर्य

हालै पूर्वप्रहरी प्रमुखहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रहरी प्रशिक्षण प्रतिष्ठान सार्ने निर्णय पुनर्विचार गर्न आग्रह गरेका थिए । उनीहरूले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा १४ जनाको हस्ताक्षर थियो । यसबाट तीनवर्ष अघिको प्रसङ्ग पुनः तरङ्गित हुन पुगेको छ ।स्मरणीय छ, २०७५ साल भदौ २१ंं गते ओली सरकारले राष्ट्रपति कार्यालयको सुविधा बिस्तार गर्न प्रहरी प्रतिष्ठान पनौती, काभ्रेमा सार्ने निर्णय गरेको थियो । यस निर्णयबाट राष्ट्रपति विद्यादेवी भण्डारी र तत्कालीन सत्तापक्षका केही मानिसहरुबाहेक स