पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिभिजनमा बहस गर्न चाहेको बताएका छन् । रुसी टेलिभिजन च्यानल आरटी (रसिया टुडे)मा बोल्दै प्रधानमन्त्री खानले आफूले मोदीसँग बहस गर्न चाहेको र यसबाट अरबौं मानिसको भलो हुने बताए ।