काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत बुधवारकाे पहिलो खेलमा सनराइजर्स हैदराबाद विजयी भएको छ । चेन्नईमा भएको खेलमा हैदराबादले पञ्जाब किङ्ग्सलाई नाै विकेटले हरायो ।
पञ्जाबले दिएको एक सय २१ रनको सामान्य लक्ष्य हैदराबादले १८ ओभर चार बलमा मात्रै एक विकेट गुमाएर भेटायो । हैदराबादका लागि जोनी बेयर्स्टाेले अविजित ६३ रन बनाए ।
यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले १९ ओभर चार बलमा अलआउट हुँदै एक सय २० रन बनाएको थियो । पञ्जाबलाई कम याेगफलमै राेक्न हैदराब...