काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले देशको अर्थतन्त्र संकटमा पर्नुको कारण एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार भएको आरोप लगाएका छन्। समाजवादीको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अर्थतन्त्र संकटमा जानुको कारण ४२ महिने बेथितिको सरकार हो। त्यही कारणले देश संकटमा जाँदै छ। बुद्धि नपुर्याए हामी पनि खाडलमा पर्नसक्छौँ। ४२ महिने सरकारले ल्याएको बजेटमा पनि त्रुटि छ। त्यसैले अहिले हामी होसियार भएर चल्नुपर्छ।’ केपी ओल