संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखरालाई पर्यटन राजधानी बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने बताएका छन् । बुधवार मन्त्रालयमा आयोजित पोखरा पर्यटन बसपार्क महानगरपालिकालाई हस्तान्तरण गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।पोखरा महानगरपालिकाले यसअघि नै पोखरालाई नेपालको पर्यटन राजधानी बनाउने निर्णय गरिसकेको छ । सोही निर्णयलाई नेपाल सरकारबाट पारित गर्न संघीय पर्यटन मन्त्रालयमा बुझाएको थियो । जसमा पर्यटनमन्त्री श्रेष्ठले पोखरालाई नेपालको पर्यटन राजधानी बनाउने प्रस्ताव