देशभरका थुप्रै नदी र खोलाहरूमा पुल छैनन् । एउटै पुल बन्दा सामान्य बन्ने दैनिकी पुल नहुँदा कष्टपूर्ण छ । विकासमा बेवास्ता, परियोजना छनोट र बजेट विनियोजनको झन्झटिलो प्रक्रिया, ठेक्कामा हुने...
बेदकोट – कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ पहरियास्थित ओदाल खोलामाथि निर्माणाधीन पक्की पुल सात वर्षदेखि अलपत्र बनेको छ। करिब ७० मिटर लामो उक्त पुल निर्माण सुरु भएको सात वर्ष बितिसक्दा पनि अझै तयार हुनसकेको छैन। पुलका दुई स्पानमध्ये हालसम्म एउटा मात्रै निर्माण भएको छ। पैँतिस/पैँतिस मिटरका दुई स्पानसहितको पक्की पुल ओदाल खोलामा निर्माणका लागि विसं २०७३ भदौ […]
कास्की : २०७३ असार २० गते ठेक्का सम्झौता भएर निर्माण शुरू गरिएको मनाङको नासोँ गाउँपालिकास्थित दूधखोला पक्की पुल वर्षौँदेखि अलपत्र छ। संघीय सरकारबाट प्रदेशमा हस्तान्तरण भएको आयोजनाको हालसम्मको भौतिक प्रगति ३० प्रतिशत मात्र छ। तत्कालीन जिल्ला विकास समिति छँदै ठेक्कामा गएको पुल ७ वर्ष बित्दा समेत बन्न सकेको छैन। निर्माण व्यवसायीको ढिलासुस्तीका कारण पुल अलपत्र परेको पूर्वाधार विकास कार्यालय मनाङका सबइन्जिनीयर धनबहादुर गुरुङले बताए। ‘पुलको दुवैतिर जग मात्र बनेको छ, बाँकी अलप
गुल्मी र पर्वत दुई जिल्ला जोड्ने मोटरेबल पुल अलपत्र परेको छ । गुल्मीको कालिगण्डकी गाउँपालिकाको पूर्तिघाट र पर्वतको बिहादी गाउँपालिकाको रानीपानी जोड्ने गरी निर्माण थालिएको पक्की पुल विगत ६ वर्षदेखि अलपत्र परेको हो ।तत्कालीन तम्घास–सिमलटारी–प्युठान सडक आयोजना गुल्मी र एलिट कन्स्ट्रक्सन प्रालि काठमाडौंबीच ३१ भदौ २०७३ गते सम्झौता भई निर्माण सुरु भए पनि पुल अलपत्र […]
सल्यान : सल्यानमा निमार्णाधीन तीन झोलुङ्गे पुल अलपत्र छन्। इस्टमेटभन्दा झन्डै २ गुणा फलामजन्य सामाग्रीको मूल्य बढेसँगै तीन झोलुङ्गे पुल निर्माण हुँदाहुँदै रोकिएका हुन्।जिल्लाको कुमाख गाउँपालिकास्थित जिमालीखोला, मर्म खोला र शारदा नगरपालिका-१५ स्थित शारदा नदीमा निर्माण भइरहेको पुल अलपत्र परेका हुन्। गत आर्थिक वर्षको असार मसान्तसम्म सम्पन्न हुनुपर्ने भए पनि निर्माण सामाग्री नआउँदा अलपत्र परेको स्थानीयको भनाई छ।झन्डै १ करोड रूपैयाँ लागतमा तीनवटा झोलुङ्गे पुल निर्माण थालिएको थियो। समयमै पुल
दोलखाको गौरीशंकर गाउँपालिका–७ स्थित घट्टे खोलाको पुल दुई वर्षमा बनाउने गरी ठेक्का लिएको पुल ११ वर्षसम्म अलपत्र छ ।२०६८ साल २९ असारमा ठेक्का सम्झौता गरेको सर्बउद्धार–फ्रेन्डस–श्रेष्ठ जेभीले दुई वर्षभित्रै पूरा गर्ने गरी सम्झौता गरेको हो । समयमा पुल बनेको भए २०७० सालबाटै पुल सञ्चालनमा आउने थियो । तर ठेकेदारले सम्झौताबमोजिम पुल नबनाउँदा अहिलेसम्म पुल अलपत्र […]
उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिका ४ सुन्दरी खोलामा निर्माणाधीन मोटेरेबल पक्की पुल ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको छ । चौदण्डीगढी नगरपालिका वडा ४ बसाहा चिचाई टोल र वडा ५ ढेलाचौरी बीचमा रहेको सुन्दरी खोलाको पुल निर्माणमा ठेकेदारले चासो नदिँदा अलपत्र परेको हो । सुन्दरी खोला निर्माणाधीन मोटेरेबल पक्की पुल साढे ११ मिटर चौडाइ र साढे ६२ […]
पर्वत – निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्गमा पर्ने मोटरेबल पुल विगत चार वर्षदेखि अलपत्र रहेको छ। फलेवास नगरपालिका–६ देवीस्थान र फलेवास नगरपालिका–१० कुर्घाबीचमा रहेको लमाए खोलाको पुल निर्माण व्यवसायीको लापरबाही र गलत डिजाइनका कारण अलपत्र परेको हो। स्याङ्जाको मिर्मीदेखि पर्वतको मोदीबेनीसम्म सडकको ट्रयाक खुले पनि लमाए खोलामा पुल नबन्दा करिडोर खण्ड अधुरै छ। प्राविधिकको […]
काठमाडौं । राजधानीकै मुख्य सडकमा रहेको कालिमाटी र टेकुबीचमा अवस्थित विष्णुमती नदीमा निर्माण सम्पन्न पुल अलपत्र छ । सरकार–ठेकेदार विवादका कारण पुल निर्माण सम्पन्न भएर पनि सञ्चालन हुन नसकेको हो । मापदण्डअनुसार पुल निर्माण नभएको भन्दै सरकारले रोक लगाउँदै ठेक्का तोडेपछि ठेकेदार कम्पनी पनि सरकारविरुद्ध अदालत पुगेसँगै पुल थप अलपत्र बन्न पुगेको छ । डिभिजन […]
The post राजधानीको मुख्य सडककै पुल तीन वर्षदेखि अलपत्र appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.