चाडपर्व नजिकिएसँगै बजार अनुगमन तीव्र

वीरगञ्ज– चाडपर्व नजिकिएसँगै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले बजार अनुगमनलाई तीव्र बनाएको छ। कार्यालयले चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्र बनाएको कार्यालयका सूचना अधिकारी दिलीप खँग खत्वेले जानकारी दिए। अनुगमनका क्रममा कार्यालयले पछिल्लो दुई दिनको अवधिमा १६ वटा पसलेलाई कारवाहीस्वरुप जरिवाना गरेको छ। इजाजत नलिई कारोबार गरेको, खरिद बिल नदेखाएको, अनुगमन कार्यमा असहयोग गर्ने […]

सम्बन्धित सामग्री

दैलेखमा चाडपर्व लक्षित बजार अनुगमन तीव्र

दैलेख । नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर दैलेखमा बजार अनुगमनलाई तीव्रता दिएको छ।चाडपर्वलाई लक्षित गरेर तिहारमा बढी खपत हुने उपभोग्य सामग्रीमाथि अनुगमन गरेको हो । तिहार, छठजस्ता महान पर्वलाई लक्षित गरी महाबु गाँउपालिका वडा नं–४ गैडावाज बजारमा अनुगमन गरिएको महाबु गाँउपालिकाका प्रमुख प्रसाशकिय अधिकृत उदयराज उपाध्यायले जानकारी दिए । चाडपर्वमा बढी सामानको माग र खपत […] The post दैलेखमा चाडपर्व लक्षित बजार अनुगमन तीव्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रुकुम पश्चिममा बजार अनुगमन तीव्र

त्रिवेणी (रुकुम पश्चिम)- रुकुम पश्चिममा चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई तीव्रता दिइएको छ । कालोबजारी र अखाद्य सामग्रीको बिक्री रोक्न बजार अनुगमनलाई तीव्रता दिएको हो । जिल्लाको  त्रिवेणी गाउँपालिका– ३ र ६ मा रहेको झुल्नेटा बजार र वडा २ को  सिम्रुतु बजार अनुगमन गरिएको छ । त्रिवेणी गाउँपालिका अध्यक्ष गनेशकुमार केसी संयोजकत्वको टोलीले सिम्रुतु बजार र […]

दैलेखमा चाडपर्व लक्षित बजार अनुगमन तीव्र

दैलेख । दैलेखमा चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्रता दिएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेख, जिल्ला प्रशासन कार्यालय, डुङ्गेश्वर गाउँपालिका, ईलाका प्रहरी कार्यालय चुप्रा बजार लगायतको संयुक्त टोलीले डुङ्गेश्वर गाँउपालिका वडा नं–१ चुप्रा बजारमा अनुगमन गरेको हो। उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखको आयोजना गरिएको बजार अनुगमनका क्रममा गुणस्तर, परिमाण […] The post दैलेखमा चाडपर्व लक्षित बजार अनुगमन तीव्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चाडपर्व लक्षित बजार अनुगमन तीव्र

काठमाडौं– सरकारले चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्र पारेको छ । विभिन्न १३ वटा संयुक्त टोलीले अनुगमनलाई तीव्र पारेको हो । चाडपर्वमा दैनिक कारोबार बढ्ने हुँदा सरकारले हरेक वर्षको चाडपर्वमा संयुक्त बजार अनुगमन गर्ने गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलगायत विभिन्न निकायको संयुक्त टोलीले दैनिक ४० देखि ५० भन्दा बढी फर्म अनुगमन हुने […]

चाडपर्व लक्षित बजार अनुगमन तीव्र बनाउँदै सरकार, १० दिनमा १२१ व्यापारीलाई कारबाही

सरकारले दसैँ र तिहारको समयमा उपभोक्तालाई ठगिन नदिन भन्दै बजार अनुगमनलाई तीव्रता दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो निर्देशनमा बजार अनुगमन तीव्र तुल्याइएको हो । वाणिज्य विभागको नेतृत्वमा ६ वटा सरकारी निकायको संयुक्त १० वटा टोलीले दसैँ र तिहार लक्षित बजार अनुगमन गरिरहेको विभागका महानिर्देशक महेश भट्टराईले जानकारी दिए । उनले चाडपर्व लक्षित बजार अनुगमनमा वाणिज्य विभागले नेतृत्व गरिरहेको र यसमा स्थानीय तहको समेत सहभागिता रहेको जानकारी दिए ।वाणिज्य विभागसँगै, पशु सेवा विभाग, यातायात व्यवस्

धादिङमा बजार अनुगमन तीव्र

धादिङका होटल तथा खाद्यान्न पसलमा अनुगमन तीव्र पारिएको छ । चाडपर्व आउनुपूर्व हरेक वर्षजस्तै यस वर्ष पनि अनुगमन कार्यलाई तीव्रता दिइएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । प्रशासन कार्यालय र जिल्ला घरेलु कार्यालय धादिङको संयुक्त आयोजनामा जिल्लाको राजमार्ग क्षेत्र, धादिङबेसी बजार क्षेत्र तथा ग्रामीण क्षेत्रका बजार अनुगमन गरिएको हो ।

चाडपर्व नजिकिएसँगै बजार अनुगमन तीव्र : भोजपुरका पसलमा अस्वस्थ मासु फेला

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय भोजपुरले गरेको अनुगमनका क्रममा मासु पसलमा अस्वस्थ मासु बिक्री गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय भोजपुरका अनुगमन अधिकृत रामप्रसाद दाहालको नेतृत्वमा बुधबार गरिएको मासु पसलहरुको अनुगमनका क्रममा हप्ता दिन अगाडिदेखिको मासु समेत फ्रिजमा हालेर राखिएको अवस्थामा फेला परेको थियो । “नागरिकको स्वास्थ्यको समेत ख्याल नगरी पसलले अस्वस्थरूपमा मासु बिक्री गरेको […]

गुणस्तर र उपभोग्य मिति केन्द्रित बजार अनुगमन

काठमाडौं । बजार अनुगमनको जिम्मा पाएको निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले चाडपर्व केन्द्रित बजार अनुगमन शुरू गरेको छ । चाडपर्व शुरू भएसँगै बजारमा अनुचित व्यापारिक कारोबार हुने भन्दै विभागले बजार अनुगमनलाई तीव्र बनाएको हो । दैनिक उपभोग्य वस्तुको मूल्य र उपभोग्य मिति (म्याद)मा केन्द्रित भएर बजार अनुगमन तीव्र बनाइएको विभागका आपूर्ति व्यवस्थापन तथा बजार अनुगमन शाखाका प्रमुख एवं प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए । उनका अनुसार चाडपर्व शुरू भएसँगै दैनिक ६ समूहबाट बजार अनुगमन भइरहेको छ । ‘हाम्रो काम नै बजार अनुगमन हो । निरन्तर अनुगमनमै हुन्छौं । चाडपर्व शुरू हुनुभन्दा अगाडि दैनिक दुई÷तीन समूहबाट अनुगमन हुने गरेकोमा बढाएर दैनिक ६ समूहलाई बजारमा पठाउने गरेका छौं,’ उनले भने, ‘चाडपर्व नजिकिएसँगै अन्य समयको तुलनामा ४० प्रतिशत बढी कारोबार हुने भएकाले अनुगमन बढाएका हौं ।’ उपभोक्ताको बढी भीड हुने समयमा व्यवसायीले उपभोग्य मिति सकिएका खाद्य वस्तु विक्री गर्न सक्ने भन्दै चनाखो हुन उनले आग्रह गरे । ‘उपभोक्ता ठगिन बच्न हामीले वस्तु र सेवा केन्द्रित भएर अनुगमन गरेका हौं । आम उपभोक्ता पनि चनाखो हुनुपर्ने आवश्यक छ,’ उनले भने । पछिल्लो समय बजारमा अधिकांश खाद्य पदार्थको मूल्यमा वृद्धि भएको छ । नेपाल खुद्रा व्यवसायी संघको तथ्यांकअनुसार कोभिड–१९ पछि बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्न थालेको हो । पछिल्लो केही दिनयता अण्डा, चामल, चिनी तथा खाने तेलको मूल्यमा उच्च वृद्धि भएको छ । सरकारले चाडपर्वमा खाद्यान्नको अभाव नहुने बताइसकेको छ । उद्योग वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले सरकार तथा निजीक्षेत्रका उद्योगी, व्यापारीसँग पर्याप्त मात्रामा खाद्यान्न मौज्दात रहेको भन्दै अभाव नहुने बताएका हुन् । चाडपर्व शुरू भएसँगै बजार अनुगमनको जिम्मा पाएको विभागका महानिर्देशक प्रकाश पौडेलको सरुवा भएको छ । गत बुधवार सरकारले पौडेलको सरुवा गरे पनि उनको स्थानमा नयाँ महानिर्देशक पठाएको छैन । रासस

काठमाडौँमा बजार अनुगमन तीव्र : १३ लाई कारबाही, एक लाख १० हजार जरिवाना

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले चाडपर्व नजिकिएसँगै बजार अनुगमनमा तीव्रता दिएको छ । कालोबजारी गर्ने, मूल्य सूचि नराख्ने, गुणस्तरहीन सामान विक्रिवितरण गर्ने, उत्पादन मिति नभएको, पसल सञ्चालन गर्न अनुमति प्राप्त नभएको लगायत कैफियत देखिएका १३ व्यवसायीलाई कारबाही गरेको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग लगायत विभिन्न सरोकारवाला निकायहरूबाट […]

झापामा बजार अनुगमन तीव्र : २२ हजार भन्दा बढीका सामग्री नष्ट

असोज १८, झापा । चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई तीव्रता दिएको जिल्ला अनुगमन समिति झापाले चार ओटा पसललाई जरिवाना गरेको छ भने रू. २२ हजार बढीका खाद्य सामग्री जफत गरी नष्ट गरेको जानकारी दिएको छ । पन्ध्र दिनदेखि अनुगमनमा निस्किएको समितिले जिल्लाका १० ओटा पालिकाको अनगुमन गरिसकेको जानकारी दिएको छ ।  अनुगमनकै क्रममा मूल्य सूची नराखेका, नक्कली बिल प्रयोग गर्ने र बढी मूल्यमा सामान विक्री गर्ने अर्जुनधारा नगरपालिकाका चार ओटा किराना पसललाई रू. पाँच हजारको दरले जरिवाना गरिएको समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालले बताए ।   उनले अनुगमनका क्रममा दैनिक उपभोग्य खाद्य वस्तु खाने तेल, भूजिया, बिस्कुट, घीउलगायतका सामग्री म्याद गुज्रिएको पाइएकाले जफत गरी नष्ट गरिएको बताए ।  घरेलु तथा साना उद्योग कार्यालय, आन्तरिक राजस्व कार्यालय, नेपाल गुणस्तर तथा नापतौल कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधिसहितको टोलीले दैनिक बजार अनुगमन गरिरहेको छ ।  ‘कोभिड–१९ का कारण बजार भर्खर खुलेको छ, लामो समय पसल बन्द हुँदा कतिपय खाद्य सामग्रीको म्याद गुज्रिएको पाइयो’, उनले भने, ‘तर मूल्यमा भने खासै अन्तर देखिएन ।’ बजारमा समितिले अनुगमन नगरेर औपचारिकताकै लागि मात्र हिँडिरहेको उपभोक्ताले आरोप लगाएका छन् । मेचीनगर नगरपालिका– १० का उपभोक्ता हिमाकुमारी राईले पसलैपिच्छे सामानको मूल्य फरक हुने गरेको पाइए पनि अनुगमन समितिले केही नगरेको गुनासो गरे । उनका अनुसार बजारमा अन्य सामानको तुलनामा चिनी व्यापारीले मनपरी मूल्य अर्थात प्रतिकेजी रू. ८८ देखि १०० सम्ममा बेचिरहेको छन् ।  ‘बजारमा चिनीको मूल्य पसलैपिच्छे फरक छ’, उनले भने, ‘अनुगमन समितिले वास्तै गर्दैन यसो हेरे जस्तो गरेर फर्कन्छ । अनुगमन गरे जस्तो गरेर उपभोक्ताको आँखामा छारो हाल्ने काम भइरहेको छ ।’ समितिका संयोजक तथा सहायक प्रजिअ रिमालले बजारमा चिनीको मूल्य उपभोक्ताले आरोप लगाए जस्तो धेरै फरक नपाइएको बताए । उनले बजार अनुगमनका क्रममा प्रतिकेजी रू. ८८ देखि रू. ९० मा चिनी बेचबिखन भइरहेको बताए ।  उनले भने, ‘हामीलाई एउटा मूल्य भन्ने तर उपभोक्तासँग अर्को मूल्य लिन्छन् भने थाहा भएन । छड्के अनुगमन गरेर त्यस्तो पाइएमा व्यापारीलाई कारवाही गर्छौं ।’ रासस