'अहिले बजार उजाड भइसकेको छ । एक-दुई पसलबाहेक केही छैन', रावलले भने, 'अहिले बजार टुहुरो बनेको छ । कटाक्षेबाट व्यापारीले चाहिने जति पैसा कामाए । अहिले कटाक्षे बिर्सेर गए ।'
काठमाडौँ- यो पुर्वी पहाडी जिल्ला संखुवासभाको चैनपुरमा लाग्ने साप्ताहिक बजारको दृश्य हो । पहाडी क्षेत्रमा बजार फैलिँदै गएपछि साप्ताहिक रूपमा लाग्दै आएका हाटबजार अचेल उतिसारो मनमोहक देखिँदैनन् । बजार भर्नेहरू पनि देखिँदैनन् ।
पहाडी भेगमा यातायात विस्तारले पनि मानिस पातलिन थालेका छन् । हिजोआज यस्ता हाटबज...
ओखलढुंगा । ओखलढुंगाका गाउँघरमा उत्पादन हुने कृषि उपज किनबेचका लागि साप्ताहिकरुपमा लाग्दै आएका हाटबजार हराउँदै गएका छन् । यातायातको बढ्दो पहुँच र प्रभावका कारण दुर्गम क्षेत्रमा लाग्ने कृषि हाट हराउँदै गएका हुन् । एक दशक अघिसम्म जिल्लाका विभिन्न १७ ठाउँमा हाटबजार लाग्ने गरेको कृषि ज्ञान केन्द्र ओखलढुंगाले जनाएको छ । तीमध्ये अधिकांश हाट बन्द भएका […]
तेह्रथुम । तेह्रथुमका ग्रामिण क्षेत्रहरुमा लाग्ने हाटबजार हराउँदै जान थालेका छन् । कोरोनाका कारण लामो समयसम्म हाटबजार नलाग्दा अहिले हाटबजार लाग्ने सुनसान बनेका हुन् । स्थानीय उत्पादन खरिद र बिक्री गर्ने एक मात्रै थलो बनेको साप्ताहिक हाटहरु नलाग्दा कृषकले उत्पादन गरेका कृषि उपजले बजार पाउन छाडेको छ । गाउँमा लाग्ने हाटबजारले सर्वसाधारणको आर्थिक उपार्जनमा समेत […]
तेह्रथुम- केही वर्षअघिसम्म तेह्रथुमको ग्रामीण क्षेत्रहरूमा महिनैपिच्छे जस्तो हाटहरू लाग्ने गर्थे । यस्ता हाट स्थानीय उत्पादन खरिद तथा बिक्री गर्ने एक प्रमुख थलो बन्ने गर्थे । किसानले उत्पादन गरेको कृषिजन्य सामग्री मात्र नभई पशुचौपाया र खाद्यन्यसमेत सहजै बिक्री हुँदै आएको थियो । गाउँ नजिकै लाग्ने हाटहरूले सर्वसाधारणको आर्थिक उपार्जनमा समेत टेवा पुग्दै आएको थियो । […]
पाँचथर – लिम्बू समुदायमा नाचिने मौलिक नाच हो धान नाच । सुख–दुःख, मेलपात, हाटबजार र अरु उत्सवहरुमा पालाम गाउँदै यो नाच नाच्ने गरिन्छ । तर पछिल्लो समय लिम्बू समुदायको चिनारी धान नाच लोप हुँदै गएको छ ।
पूर्वका लिम्बू बाहुल्य जिल्लाहरु ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभा लगायतमा नाचिने धान नाच लोप हुन लागेको हो । पहिले जताततै नाचिने धान नाच अहिले ‘खला’बाट विस्थापित भएर भिडियो र स्टेजमा सीमित हुन पुगेको छ । कला र संस्कृति नयाँ पुस्तालाई हस्तान्तर...