कोरोनापछि हराउँदै हाटबजार

तेह्रथुम- केही वर्षअघिसम्म तेह्रथुमको ग्रामीण क्षेत्रहरूमा महिनैपिच्छे जस्तो हाटहरू लाग्ने गर्थे । यस्ता हाट स्थानीय उत्पादन खरिद तथा बिक्री गर्ने एक प्रमुख थलो बन्ने गर्थे । किसानले उत्पादन गरेको कृषिजन्य सामग्री मात्र नभई पशुचौपाया र खाद्यन्यसमेत सहजै बिक्री हुँदै आएको थियो । गाउँ नजिकै लाग्ने हाटहरूले सर्वसाधारणको आर्थिक उपार्जनमा समेत टेवा पुग्दै आएको थियो । […]