काठमाडौं (अस) । आइएमईले पर्व लक्षित दशैंमा डबलको डबलको डबल अफरअन्तर्गत पहिलो साताका विजेता सार्वजनिक गरेको छ । लक्की ड्रमार्फत गरिएको नतिजामा सेवाग्राहीद्वय केशव दमाई र विशाल अधिकारी विजेता घोषित भएका हुन् ।
कम्पनीको केन्द्रीय कार्यालय पानीपोखरीमा आयोजित फेसबुक लाइभमार्फत उक्त नतिजा सार्वजनिक गरिएको थियो । विजेताले युएई र कतारबाट नेपालमा रहेका आफन्तलाई अफर अवधिमा क्रमशः ४१ हजार ५ सय ७ र ४८ हजार २० रुपैयाँ पठाएका थिए ।
अफरअनुसार कम्पनीले विजेता वा तिनको सिफारिसमा आफन्तलाई क्रमशः ८३,०१४ र ९६,०४० रुपैयाँ उपहारस्वरूप प्रदान गर्नेछ । डबल डबलको डबल अफर योजना असोज १ देखि कात्तिक २६ गतेसम्म रहनेछ । अफरअनुसार विदेशबाट पठाइएको रकम आइएमईका ३५ हजारभन्दा बढी एजेन्ट वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक साता २ जनालाई पठाएको रकमको डबल (दुई गुणा) दिइनेछ ।
यस्तै, हरेक महिना २ जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा १ जना सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठ गुणा) सम्म रकम पुरस्कारस्वरूप प्रदान गरिनेछ । आइएमई पेमा रकम प्राप्त गर्दा २ सय रुपैयाँ थप बोनस दिइने कम्पनीले बताएको छ ।