२० चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जान नहुने बताएका छन् । मंगलबार काठमाडौंमा समाजवादी मोर्चाले आयोजना गरेको अन्तर्क्रियामा उनले राजनीतिकर्मीको आचरण सही नभएकाले प्रत्यक्ष निवौचित प्रणालीबाट राम्रो मान्छे छनोट नहुने बताएका हुन् । ‘प्रत्यक्ष प्रणालीले निर्वाचनको कार्यकारीको टुंगो लगाउने भए अमेरिकामा राष्ट्रपतिको चुनाव भइरहेको छ, त्यो हेर्नुस् […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा बहुमत दलहरू रहेको बताएका छन् । सोमबार चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टीको घोषणापत्र कार्यान्वयनबारे सोधिएको प्रश्नमा भने, ‘निर्वाचन प्रणाली या शासकीय सुधारको कुरामा हामी एक्लैको बहुमत आइहाल्ने स्थिति छैन । दुई तिहाइ त झन् आउने कुरै भएन ।’ उनले घोषणापत्र कार्यान्वयनका सवालमा गठबन्धनभित्र पनि छलफल गर्ने बताए । ‘हामी गठबन
प्रतिनिधिसभा सदस्य लिलादेवी सिटौलाले देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्ने बताएकी छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद सिटौलाले यस्तो माग गरेकी हुन्।
सांसद सिटौलाले संघ र प्रदेशको सांसद संख्या घटाएर सानो...
राप्रपाले देशको अभिभावकमा राजा र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसहितको शासकीय स्वरूपको प्रस्ताव गरेको छ । काभ्रेको धुलिखेलमा बुधबार र बिहीबार दुई लिन चलेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अभिभावकमा राजा र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री रहने शासकीय व्यवस्थाको प्रस्ताव गरेको प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । ‘मुलुकमा विद्यमान भ्रष्टाचार र अस्थिरताका अन्त्यका लागि वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधार र परिवर्तन आवश्यक