नासु पदमा कार्यरत एक कर्मचारीले भन्सार र अदालतमा बसेर करोडौं रुपैयाँ अकुत आर्जन गरेको खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो पटक भन्सार जाँचपास कार्यालय तीनकुनेमा कार्यरत नासु देवीबहादुर थापाविरुद्ध पौने २ करोड रुपैयाँ बिगो, त्यति नै जरिवाना र स्रोत नखुलेको सम्पत्ति जफतको मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।