सिद्धबाबा सडकखण्डको वैकल्पिक मार्ग अलपत्र

सिद्धबाबा सडकखण्डको विकल्पको रुपमा निर्माण थालिएको झुम्सा–चरङ्गे सडक खण्ड पाँच वर्षदेखि अलपत्र बनेको छ । निर्माण कार्य सुरु गरेको पाँच वर्षसम्म पनि २० किलोमिटर सडकले पूर्णता पाएको छैन । सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा क्षेत्रको वैकल्पिक सडक निर्माण गर्ने उद्देश्यका साथ लुम्बिनी प्रदेश सरकारले पाँच वर्षअघिदेखि नै बजेट विनियोजन गरेर काम सुरु गरेको थियो । हरेक वर्ष यो सडकका लागि बजेट विनियोजन हुँदै आएको छ । यद्यपि काम भने कछुवा गतिमा हुँदा सडक पाँच वर्ष बितिसक्दा समेत पूरा हुन सकेको छैन ।

सम्बन्धित सामग्री

पाल्पाको सिद्धबाबा मन्दिरनजिकै एक जना पुरुष मृत भेटिए

पाल्पाको तिनाउ गाउँपालिका-३, तल्लो सिद्धबाबा मन्दिर नजिकै एक जना पुरुष मृत फेला परेका छन् ।

पहिरोले सिद्धबाबा सुरुङ मार्गको दुवै ढोका क्षति

काठमाडौं । पाल्पाको सिद्धबाबा क्षेत्रमा निर्माण भइरहेको सिद्धबाबा सुरुङ मार्गको दुवै ढोका पहिरोले बगाएको छ । अविरल वर्षाका कारण माथिबाट पहिरो खस्दा निर्माणाधीन सुरुङ मार्गको दुवैतर्फको ढोका भत्किएको सिद्धार्थ सुरुङ मार्ग आयोजनाले जनाएको छ । सुरुङ मार्गको माथिल्लो भाग रामापिथेकसनजिकै निर्माण भइरहेको ढोकामा माथिबाट ठुलो चट्टानसहितको पहिरो खसेको छ भने तल्लो भाग सिद्धबाबा मन्दिरनजिकैको सुरुङ […]

सिद्धबाबा सुरुङ मार्गको प्रारम्भिक निर्माण सुरु

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्डमा सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि प्रारम्भिक काम सुरु भएको छ।...

राष्ट्रपति भण्डारीले सिद्धबाबा मन्दिरमा विशेष पूजा गर्ने

बुटवल : राष्ट्रपति विद्यादेवी भण्डारीले पाल्पाको सिद्धबाबा मन्दिरमा विशेष पूजा गर्ने भएकी छिन्। रुपन्देही उद्योग संघले बुटवलमा आयोजना गरेको १५ औं राष्ट्रिय औद्योगिक प्रर्दशनीको उद्घाटनका लागि बुटवल आउन लागेकी राष्ट्रपति भण्डारीले रूपन्देही र पाल्पाको सिमाना नजिकै रहेको मन्दिरमा पूजा गर्ने भएकी हुन्।  पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धबाबा मन्दिरमा विधिपूर्वक पूजा आराधना एवं…

सिद्धबाबा सुरुङ निर्माण असोजबाट

काठमाडौं । सिद्धबाबा सुरुङमार्ग निर्माणको काम आगामी दसैंको आसपासबाट सुरु हुने भएको छ । सुरुङमार्ग निमार्णका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले डिजाइन आगामी असोजमा बुझाउने र सो डिजाइन हेरेर स्वीकृत गरेपछि निर्माण कार्य सुरु हुने सडक विभागले जनाएको छ । विभागका महानिर्देशक अर्जुनजंन थापाले भने, “ईपीसी मोडलमा निर्माण गर्न सम्झौता भएको सो सुरुङमर्गमा निर्माण […]

सिद्धबाबा दर्शनमा आएका भारतीय युवकको मृत्यु

पाल्पास्थित सिद्धबाबा मन्दिर दर्शन गर्न आएका दुई जना भारतीय युवक पौडी खेल्ने क्रममा तिनाउमा डुवेका थिए।...

वर्षाले सिद्धार्थ राजमार्गको सिद्धबाबा सडकखण्ड अवरुद्ध

सोमबार राति देखिको अविरल वर्षाका कारण पहिरो खस्दा पाल्पाको सिद्धबाबा सडकखण्ड अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकको सिद्धबाबा खण्डमा मंगलबार बिहानै गएको पहिरोले यातायात सेवा अवरुद्ध बनेको हो । प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पाल्पाको तिनाउ गाउँपालिकाको माथिल्लो सिद्धबाबा नजिकै ठूलो पहिरो खसेको छ । सँगसँगै सडकमाथिबाट पानीको ठूलो छहरा खस्दा साना सवारीसाधनहरूको आवागमन पनि रोकिएको छ । पानीको छहरासँगै गएको पहिरोले सवारीसाधन आवागमन रोकिन पुगेको लुम्बिनी

पहिरोले सिद्धबाबा सडकखण्ड अवरुद्ध

बुटवल – सोमबार रातिदेखिको अविरल वर्षाका कारण पहिरो खस्दा पाल्पाको सिद्धबाबा सडकखण्ड अवरुद्ध भएको छ। सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकको सिद्धबाबा खण्डमा मंगलबार बिहानै गएको पहिरोले यातायात सेवा अवरुद्ध बनेको हो । प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पाल्पाको तिनाउ गाउँपालिकाको माथिल्लो सिद्धबाबा नजिकै ठूलो पहिरो खसेको छ । सँगसँगै सडकमाथिबाट पानीको ठूलो छहरा खस्दा साना […]

सिद्धबाबा सुरुङमार्गको निर्माण शुरू हुँदै

निर्माणका हिसाबले नेपालको दोस्रो सुरुङमार्ग सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महीना शुरू हुने भएको छ । सिद्धार्थ राजमार्गको सबैभन्दा जोखिमपूर्ण खण्डको रुपमा रहेको सिद्धबाबा खण्डमा सुरुङसँगै ‘रकसेड’ निर्माण गर्न लागिएको छ । वर्षेनी पहिरोका कारण धेरै जनधनको क्षति हुने सो ठाउँमा क्षति कम गराउन सुरुङ निर्माढा गर्न लागिएको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका सूचना अधिकारी (सिनियर डिभिजनल इन्जिनीयर) सौरभ वज्राचार्यले बताए ।  ठेक्का प्रक्रियामा रहेकोमा ‘फाइनान्सिल ओपनिङ’ माघ २० गते हुने ...

सिद्धबाबा सुरुङमार्गका लागि ग्लोबल टेण्डर

बहुप्रतिक्षित बुटवल पाल्पा सडकको सिद्धबाबामा सुरुङ निर्माणका लागि टेण्डर आह्वान गरिएको छ । सिद्धबाबा सुरुङमार्गका लागि सडक विभागले ४५ दिनको समय सीमा तोकेर आइतबार ग्लोबल टेण्डर आह्वान गरेको हो ।...