दिगो विकास हासिल गर्ने नेपालको लक्ष्यमा वार्षिक औसत ५ खर्ब ८५ अर्ब रुपैयाँ लगानी अपुग देखिएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५८ औं वार्षिक प्रतिवेदन अनुसार दिगो विकासको लक्ष्य हासिल गर्न ठूलो रकम अपुग देखिएको हो ।नेपालले विश्वका १९३ मुलुकसँगै सन् २०३० सम्म दिगो विकास हासिल गर्ने लक्ष्य लिएको छ । त्यसका लागि प्रत्येक वर्ष २० खर्ब २५ अर्ब रुपैयाँ लगानी आवश्यक पर्छ । तर, आवश्यकताअनुसार लगानी रकम अपुग भएको प्रतिवेदनले देखाएको हो ।प्रतिवेदनमा अपुग रकमको जोहो गर्न राजस्वका द