प्रधानमन्त्री शेरबहादुर देउवाले दिगो विकासको लक्ष्य भेट्टाउन नेपालमा ९० बिलियन अमेरिकी लगानी चाहिने बताएका छन् । नेपाल लगानी बोर्डले आयोजना गरेको दिगो पूर्वाधार लगानी फोरममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले उक्त लगानी आवश्यक पर्ने बताएका हुन् ।प्रधानमन्त्री देउवाले भने– ‘सन् २०४५ सम्म जेरो कार्बन उत्सर्जनको लक्ष्य राखिएको छ । यो दिगो विकासको लक्ष्य समेत हो । यसका लागि नेपालमा ठूलो लगानी चाहिन्छ । त्यो लगभग ९० बिलियन अमेरिकी डलर हो ।’ उक्त लगानी हुन सकेमा सन् २०४५ सम्म भेट्ने