न्याय परिषद्को बैठक आज पनि स्थगित

न्यायाधीश नियुक्ति गर्नका लागि आज बोलाइएको न्याय परिषद्को बैठक स्थगित भएको छ ।  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवराले आजका लागि बैठक बोलाउनुभएको थियो तर परिषद्का सदस्य रामप्रसाद भण्डारी अस्वस्थ भई बैठकमा उपस्थित हुन नसक्नुभएको हुनाले बैठक स्थगित भएको हो ।

सम्बन्धित सामग्री

न्याय परिषद्को बैठक आज दिउँसो बस्दै

काठमाडौं । उच्च अदालतमा रिक्त रहेका ४१ न्यायाधीशको पदपूर्तिका लागि सोमबार न्याय परिषद्को बैठक बस्ने भएको छ । सोमबार दिउँसो १ बजेका लागि बैठक बस्ने भएको छ । हाल उच्च अदालतका ४१ जना न्यायाधीशको पद रिक्त रहेको छ । तर, यसअघि बनेको कार्याविधिका आधारमा सोमबार २७ जना न्यायाधीश नियुक्ति हुने संभावना रहेकोे छ । नियुक्त […]

न्याय परिषद्को बैठक आज बस्दै

काठमाडौं । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज(बुधबार) न्याय परिषद्को बैठक बोलाउनु भएको छ । विशेष अदालत काठमाडौँ र राजश्व न्यायाधीकरण काठमाडौँमा न्यायाधीशलाई काज खटाउने प्रयोजनाका लागि सो परिषद्को बैठक बोलाईएको हो । न्याय परिषद्को बैठक आज (बुधबार) अपराह्न ४ बजे बस्ने भएको छ ।