नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–१ जुकेपानीका किसान अहिले काँक्रो टिप्न र बिक्री गर्नमा निकै व्यस्त छन् । कृषि पकेट क्षेत्रका रूपमा परिचित जुकेपानी क्षेत्रका किसानलाई काँक्रो टिप्न भ्याइनभ्याइ छ । व्यावसायिक काँक्रोखेती गरेका किसानको घरमा मेला जाँदाजाँदै काँक्रोखेती लगाउन सिकेका ठिस्मा रानाले अहिले काँक्रोबाट मनग्य आम्दानी गरेकी छन् । रु १२ हजारको लगानीमा दुई वर्षअघि काँक्रोखेती सुरु गरेका उनले पहिलो वर्ष खर्च कटाएर रु ६७ हजार आम्दानी गरेको बताए । &ldq