कोरोना महामारीसँगै सम्भाव्य प्राकृतिक विपद्का समयमा जनताको साथमा रहने प्रतिबद्वतासहित नेपाली कांग्रेस कास्कीले बिहीबारदेखि छलफल थालेको छ ।
जिल्लाका छवटै प्रदेशसभा क्षेत्रका नेता तथा कार्यकर्तासँग छलफल गरी विपद्मा जनतासँग कसरी जोडिने भन्ने विषयमा आवश्यक निर्णयमा पुगिने कास्की कांग्रेसका सभापति कृष्ण केसीले जानकारी दिए ।
कोराना महामारी र वर्षा यामसँगै बढ्ने बाढी पहिरोजस्ता घटनामा धनजनको क्षति हुँदा जनतालाई कसरी सहयोग र राहत दिन सकिन्छ भन्ने सम्बन्धमा पार्टी गम्भीर रूपमा छलफलमा जुटेको कास्की कांग्रेसका प्रवक्ता नवीन सिग्देलल...