विपद्मा परी कर्णालीमा ३०५ जनाको मृत्यु

विभिन्न विपद्मा परी कर्णाली प्रदेशमा ३ सय ५ जनाको मृत्यु भएको छ । चालू आर्थिक वर्षको ११ महिनामा बाढी, पहिरो, आगलागी, हिमपहिरो, सडक दुर्घटना लगायतका विपद्मा परी कर्णाली प्रदेशमा ३ सय ५ जनाले ज्यान गुमाएका हुन् ।आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तथ्यांक अनुसार प्रदेशका १० जिल्लामध्ये सबैभन्दा बढी सुर्खेतमा ६८ जनाको मृत्यु भएको छ । […]