लुम्बिनी प्रदेश सरकारले विपद्मा परेका नागरिकको निःशुल्क हवाई उद्धार गर्ने भएको छ । प्रदेशको आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयले प्रदेशभित्र प्राकृतिक तथा गैरप्राकृतिक विपद्मा परेका नागरिकको ज्यान बचाउने उद्देश्यले कार्यविधि बनाएर निःशुल्क हवाई उद्धारको प्रक्रिया अघि बढाएको हो । हवाई उद्धार सेवा सञ्चालनका लागि मन्त्रालयले बिहीबार सूचना प्रकाशन गरी सो सम्बन्धी कार्यविधि, २०७९ को दफा ४ बमोजिम सात दिनभित्र मन्त्रालयमा सुचीकृत हुन सेवा प्रदायक संस्थालाई आह्वान गरिएको मन्त्रालयका स