वैदेशिक व्यापारमा सामान्य सुधार

काठमाडौं । शोधनान्तर स्थिति, विदेशी मुद्राको सञ्चितिलगायत अर्थतन्त्रका बाह्य क्षेत्रको अवस्था सहज भएको भन्दै नेपाल राष्ट्र बैंकले लचिलो नीति लिएसँगै वैदेशिक व्यापारमा सामान्य सुधार देखिएको छ ।  भन्सार विभागले आइतवार सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) २०८०/८१ को असोजसम्ममा वैदेशिक व्यापार गतवर्षको तुलनामा १ दशमलव ३१ प्रतिशतले वृद्धि भएको छ । चालू आवको असोजसम्ममा ४ खर्ब ४८ अर्ब ६३ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । अघिल्लो आवको असोजसम्ममा ४ खर्ब ४२ अर्ब ८१ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।  चालू आवको असोजमा निर्यात घटे पनि आयात वृद्धि हुँदा वैदेशिक व्यापारमा सकारात्मक प्रभाव देखिएको छ । गतवर्षको तुलनामा चालू आवको असोजमा आयात १ दशमलव ६९ प्रतिशतले वृद्धि हुँदा निर्यात २ दशमलव २६ प्रतिशतले घटेको छ । असोजसम्ममा नेपालमा ४ खर्ब ७ अर्ब ७५ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा ४० अर्ब ८७ करोड रुपैयाँ बराबरको मात्र निर्यात भएको छ । गतवर्षको असोजसम्ममा ४ खर्ब ९९ करोडको आयात हुँदा ४१ अर्ब ४२ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो ।  विदेशी मुद्रा सञ्चिति घट्दै जान थालेपछि २०७८ मङ्सिरदेखि नै नेपाल राष्ट्र बैंक र सरकारले आयातमा कडाइ गर्ने नीति लिएका थिए । सरकारले विलासी सामानको आयातमा कडाइ र प्रतिबन्ध लगाएको थियो भने राष्ट्र बैंकले आयात र अनुत्पादक क्षेत्रमा जाने कर्जामा कडाइको नीति लिएको थियो । सरकारले २०७९ वैशाख १३ देखि भदौ १३ सम्म १० वस्तु र भदौ १४ देखि मङ्सिर मसान्तसम्म ४ वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो ।  तर, अर्थतन्त्रको बाह्य स्थितिसम्बन्धी सूचकहरू सहज बनेसँगै सरकारले आयातमा लगाएको प्रतिबन्ध हटाइसकेको छ । राष्ट्र बैंकले समेत आफ्नो नीतिमा पुनरवलोकन गर्नुका साथै सुनचाँदी आयात कोटा बढाएको छ । दशैं, तिहार, छठ जस्ता चाडपर्वका कारण पनि असोजमा आयात वृद्धि भएको अनुमान गरिएको छ ।  राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट राष्ट्र बैंकको लचिलो नीति तथा चाडपर्व लक्षित आयातले वैदेशिक व्यापारमा सुधार देखिएको बताउँछन् । ‘विदेशी मुद्रा सञ्चिति सहज भएपछि केन्द्रीय बैंकले आयातमा कडाइ गर्ने नीति पुनरवलोकन गरेको छ,’ उनले भने, ‘चाडपर्वका कारण पनि आयात वृद्धि भएको हुन सक्छ ।’ राष्ट्र बैंकको प्रतिवेदनअनुसार चालू आवको भदौसम्ममा शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोड रुपैयाँले बचतमा छ । यस्तै विदेशी मुद्रा सञ्चिति १५ खर्ब ९८ अर्ब ९० करोड छ । यसले साउन र भदौकै अनुपातमा आयात भए १२ दशमलव ६ महीनाको वस्तु तथा १० दशमलव ३ महीनाको वस्तु र सेवा आयात धान्न सक्छ ।  आयात वृद्धिसँगै चालू वर्षको असोजसम्मको वैदेशिक व्यापारघाटा पनि पोहोरको तुलनामा बढेको छ । गतवर्ष ३ महीनाको वैदेशिक व्यापारघाटा ३ खर्ब ५९ अर्ब १७ करोड रुपैयाँ रहेकोमा चालू वर्षमा बढेर ३ खर्ब ६६ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ ।  आयात वृद्धिले सरकारको भन्सार राजस्व संकलनमा पनि सकारात्मक प्रभाव परेको छ । चालू आवको असोजसम्ममा सरकारले भन्सारबाट १ खर्ब ९ अर्ब २४ करोड रुपैयाँ राजस्व संकलन गरेको विभागले जानकारी दिएको छ । गतवर्ष असोजसम्म भन्सार राजस्व ९६ अर्ब ६१ करोड रुपैयाँ मात्र संकलन भएको थियो ।  गत आवको तुलनामा चालू वर्षको असोजसम्ममा डिजेलको आयात मूल्य बढे पनि पेट्रोल र एलपीजी ग्यासको घटेको छ । नेपाल राष्ट्र बैंकले कोटा थप गरेपछि सुन आयातमा पनि उच्च वृद्धि देखिएको छ । 

सम्बन्धित सामग्री

वैदेशिक लगानी भित्र्याउन कानुन सुधार आवश्यक

काठमाडौं, वैशाख ३१ । नेपालमा विदेशी लगानी भित्र्याउन कानुन एवं संरचनात्मक सुधार आवश्यक रहेको विज्ञहरुले सुझाव दिएका छन् । शुक्रबार लगानी बोर्ड र स्टाण्डर्ड चार्टर्ड बैंकको संयुक्त आयोजना र नेपाल आर्थिक पत्रकार समाज ९सेजन० को संयोजनमा काठमाडौंमा सम्पन्न नेपालमा लागि वित्तीय लगानी सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा वैदेशिक लगानी भित्र्याउनका लागि कानुनी संरचननासहित लगानीयोग्य आयोजना निर्माणमा […]

वैदेशिक रोजगारीमा गर्नुपर्ने सुधार

सरकारले करिब दुई दशकदेखि राजधानी केन्द्रित वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण सेवालाई आइतबारदेखि विकेन्द्रीकृत गरेको छ । अब देशका सातै प्रदेशबाट सम्पूर्ण सेवा दिन सुरु गरिएको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकले नयाँ, वैधानिकीकरण, व्यक्तिगत र संस्थागत श्रमस्वीकृति अब आफ्नै प्रदेशबाट लिन सक्नेछन् । मेनपावर कम्पनीलाई दिने सेवा पनि सबै प्रदेशबाट उपलब्ध हुनेछ । यसअघि प्रदेशस्तरका ६ […]

वैदेशिक लगानी बढ्न नसक्नुका कारण खोजौं

पछिल्ला वर्षहरूमा सरकारको भनाइ तथा गराइमा सामञ्जस्यता नभएका कारण लक्ष्यअनुसार वैदेशिक लगानी भित्रिन सकेको छैन । यसै पनि नेपालमा वैदेशिक लगानी प्रतिबद्धताको एकतिहाइमात्र भित्रिने गरेकोमा पछिल्ला वर्षहरूमा सरकारले कानुनमा सुधार गरेको तथा लगानीयोग्य वातावरण बनाएको दाबी गरे तापनि वैदेशिक लगानी भित्रिने स्थितिमा सुधार आउन सकेको छैन । सरकारले प्रत्यक्ष वैदेशिक लगानीका निमित्त विभिन्न नीतिनियम परिमार्जन […]

वैदेशिक लगानी भित्र्याउन नीतिगत सुधार गरिन्छ : उद्योगमन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले औद्योगिक क्षेत्रमा विदेशी लगानी भित्र्याउन नीतिगत सुधार गरिने बताएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले आज काठमाडौँ आयोजना गरेको ‘वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेप’ विषयक कार्यशालाको उद्घाटन गर्दै उहाँले रुग्ण अवस्थाका उद्योग पुनःसञ्चालनका लागि कार्यविधिसहित कार्यक्रम बनाउन लागिपरेको र अर्को महिनाभित्रै त्यसलाई पूर्णता दिइने […]

वैदेशिक लगानी भित्र्याउन नीतिगत सुधार गरिन्छः उद्योगमन्त्री बडू

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले औद्योगिक क्षेत्रमा विदेशी लगानी भित्र्याउन नीतिगत सुधार गरिने बताएका छन्। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले आज आयोजना गरेको ‘वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेप’ विषयक कार्यशालाको उद्घाटन गर्दै उनले रुग्ण अवस्थाका उद्योग पुनःसञ्चालनका लागि कार्यविधिसहित कार्यक्रम बनाउन लागिपरेको र अर्को महिनाभित्रै त्यसलाई पूर्णता दिइने बताए। […]

वैदेशिक लगानी भित्र्याउन नीतिगत सुधार गरिन्छ : उद्योगमन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले औद्योगिक क्षेत्रमा विदेशी लगानी भित्र्याउन नीतिगत सुधार गरिने बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले आज यहाँ आयोजना गरेको ‘वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेप’ विषयक कार्यशालाको उद्घाटन गर्दै उहाँले रुग्ण अवस्थाका उद्योग पुनःसञ्चालनका लागि कार्यविधिसहित कार्यक्रम बनाउन लागिपरेको र अर्को महिनाभित्रै त्यसलाई पूर्णता दिइने […]

‘वैदेशिक लगानी भित्र्याउन नीतिगत सुधार गरिन्छ’

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडुले औद्योगिक क्षेत्रमा विदेशी लगानी भित्र्याउन नीतिगत सुधार गरिने बताएका छन्  । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले आज आयोजना गरेको ‘वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेप’ विषयक कार्यशालाको उद्घाटन गर्दै उनले रुग्ण अवस्थाका उद्योग पुनः सञ्चालनका लागि कार्यविधिसहित कार्यक्रम बनाउन लागिपरेको र अर्को महिनाभित्रै त्यसलाई पूर्णता […]

वैदेशिक सहायता : महालेखा नियन्त्रकको कार्यालयले देखायो सुधारको आवश्यकता

महालेखा नियन्त्रकको कार्यालयले वैदेशिक सहायतामा व्यापक सुधार गर्नुपर्ने औँल्याएको छ । आज सार्वजनिक गरिएको ५९ औँ वार्षिक प्रतिवेदनका अनुसार नेपालले दातृ निकायसँग लिने वैदेशिक सहायतामा व्यापक सुधार गर्नुपर्ने औँल्याइएको हो ।कार्यालयले राष्ट्रको खर्च आवश्यकता र उपलब्ध राष्ट्रिय स्रोतबाट नपुग हुने अवस्थामा आवश्यकता अनुसार मात्रै वैदेशिक सहायता लिने प्रक्रिया थप पारदर्शी बनाउनुपर्ने उल्लेख गरेको छ । यस्तै, दातृ निकायबाट प्राप्त हुने वैदेशिक सहायता राष्ट्रिय बजेट प्रणाली र सञ्चित कोषमार्फत परिचालन गर्

‘वैदेशिक रोजगारीको सुधारमा राजनीतिक दलको भूमिका आवश्यक’

श्रम आप्रवासन विज्ञ तथा अधिवक्ता सोम लुइँटेलले राजनीतिक दलहरूको चासोबिना वैदेशिक रोजगारीको क्षेत्रमा सुधार हुन गाह्रो भइरहेको बताए।...

नेपालको वैदेशिक व्यापारको प्रवृत्ति

वैदेशिक व्यापारको प्रवृत्तिलाई सुधार गर्न रणनीतिक योजनाका साथ सरकार अघि नबढ्ने हो भने देशको अर्थतन्त्र धान्न नसकिने अवस्थामा पुग्न सक्छ । दुई वा दुईभन्दा बढी देशहरूबीच हुने व्यापारलाई विदेश व्यापार वा वैदेशिक व्यापार भनिन्छ । यसलाई अन्तर्राष्ट्रिय व्यापार पनि भनिन्छ । कुनै पनि देशको आर्थिक विकासमा वैदेशिक व्यापारको स्थान महत्वपूर्ण हुने भएकाले आज हरेक देशले […]