दशैँका लागि यसपालि पनि तीन हजार खसीबोका राजधानी ल्याइने

काठमाडौं : यस वर्ष पनि सरकारले दशैंको लागि ३ हजार खसीबोका काठमाडौं ल्याउने  भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौं उपत्यकाका लागि खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी थालको हो।कम्पनीले २ हजार खसीबोका र १ हजार च्याङ्ग्रा ल्याउने स्वीकृत वार्षिक कार्ययोजनाअनुसार छलफल अगाडि बढाइएको प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन्।यद्यपि, कुनकुन जिल्लाबाट खसी बोका, च्याङ्ग्रा ल्याउने भन्ने विषय छलफलकै क्रममा रहेको सुवेदीले बताइन्। फूलपातीको एक दुई दिन अघिमात्रै कम्पनीमा खसीब

सम्बन्धित सामग्री

चोकचोकमा डिभी भराउनेको लर्को, ३ सयदेखि हजार रुपैयाँसम्म शुल्क

२५ असोज, पोखरा । पोखराका विशाल गुरुङले यसपालि दोस्रोपटक अमेरिकी डाइभर्सिटी भिसा (डिभी) भरे । अघिल्लो पटक आफैैं भरेका उनले चिठ्ठा नपरेपछि यस पटक एजेन्टमार्फत भरेको बताए । ‘फोटो नमिलेर हो कि के भएर हो अघिल्लो पटक परेन । यसपालि चाहिँ फोटो स्टुडियोमै गएर भरेको छु,’ गुरुङले भने, ‘यति भएपछि अलिअलि आशा लागेको छ । […]

यसपालि अहिलेसम्म झण्डै ३५ हजार जनालाई डेङ्गी सङ्क्रमण, ३० जनाको ज्यान गयो

काठमाण्डाै - यसपालि अहिलेसम्म झण्डै ३५ हजार जनालाई डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । गएको पुस १५ गतेदेखि अहिलेसम्म झण्डै ३५ हजार जनालाई सङ्क्रमण पुष्टि भएकाे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाको किटजन्य रोग निवारण शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार यो अवधिमा डेङ्गी भएर ३० जनाको ज्यान गएको छ । पोहोर ८८ जनाको ज्यान गएको थियो भने ५५ हजारभन्दा धेरै सङ्क्रमित भएका थिए । अहिले डेङ्गीको सङ्क्रमण नियन्त्रणतर्फ उन्मुख भए पनि जोखिम भने कायमै रहेको डाक्टर दाहालले बताउनुभयो । उहाँका अनुसार आउँदो का...

लिमिटेडले १७ लाख ५० हजार मूल्यमा सहुलियतमा खाद्यान्न बिक्री गर्ने

सिमकोट – यसपालि दसैँका लागि लिमिटेडले १७ लाख ५० हजार रुपैयाँको सहुलियतमा खाद्यान्न बिक्री गर्नेछ। सर्वसाधारणलाई चाडबाडमा राहत पुर् याउने उद्देश्यले लिमिटेड सहुलियतमा खाद्यान्न बिक्री गर्न लागेको हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सिमकोट शाखाले दसैँ–तिहारका लागि सहुलियतमा खाद्यान्न बिक्री गर्ने भएको हो। लिमिटेड सिमकोट शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले यस पटकको दसैँ–तिहारका लागि दुई […]

दुई हजार विद्यालय भवन र साढे १४ सय सूचना प्रविधि ल्याब निर्माण हुँदै

विगतमा राष्ट्रपति शैक्षिक कार्यक्रम प्रभावकारी नभएपछि शिक्षा विकास तथा समन्वय केन्द्रले यसपालि समयमै आठ अर्ब २७ करोड निकासा गरेको छ । कार्यक्रमअन्तर्गत दुई हजार २० विद्यालय भवन र एक हजार चार...

बावु विजयी भएका ठाउँमा यसपालि छोरा

तुलसीपुर : तुलसीपुर उपमहानगरपालिका १९ मा गठबन्धनलाई हराउँदै नेकपा एमालेको प्यानल विजयी भएको छ। गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का  केशरबहादुर पुनको प्यानलाई हराउँदै नेकपा एमालेका प्रेमनाथ योगीको प्यानल विजयी भएको हो।अन्तिम मत परिणामअनुसार पुनलाई ३८९ मतान्तरले पछि पार्दै योगी विजयी भएका हुन्। योगीले १ हजार ५०६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी  पुनले १ हजार ११७ मत प्राप्त गरेका थिए।त्यसैगरी महिला सदस्यमा १ हजार ५०९ मत पाई नेकपा एमालेकै ताराकुमारी वली, दलित महिला

मतदानको लागि बुथ बनाउने काम धमाधम : यसपालि टेन्ट राख्ने काम पनि थपियो

काठमाण्डाै - पालिका चुनावका लागि मतदान स्थल निर्माणको काम भइरहेको छ । भोलि हुने मतदानको लागि छेकबारसहित ‘बुथ’ व्यवस्थित गर्ने काम भइरहेकाे हो । देशभरिका २१ हजार ९ सय ५५ मतदान केन्द्रमा एक लाख नौ हजार ८८ कर्मचारी र ६५ हजार ८ सय ६५ स्वयम्सेवक परिचालन गरिएको छ । सुरक्षाकर्मी, कर्मचारी र स्वयम्सेवक मतदान केन्द्र निर्माणमा जुटेका हुन् ।  मतदान केन्द्र सबैलाई सहज हुने तरिकाले बनाउन आयोगले निर्देशन दिएको छ ।  मतदानको दिन पानी पर्ने सम्भावना रहेकाले यसपालि मतदानस्थलमा टेन्ट बनाउने काम पनि थ...

कोरोना सङ्क्रमणले बढायो कुरिलोको माग : भाउ किलोको चार हजार रुपैयाँ

काठमाण्डौ - काठमाण्डौका मुख्य बजार कालीमाटीसहित विभिन्न तरकारी बजारमा यो वर्ष कुरिलोको मूल्य बढेको छ । अघिल्लो वर्षसम्म खुद्रामा किलोको एक हजार रुपैयाँसम्ममा बिक्री हुँदै आएको कुरिलोको मूल्य यसपालि बढेको छ । कुरिलो आज किलोको ४ हजार रुपैयाँमा बिक्री भइरहेको व्यापारीहरुले बताएका छन् । अहिले बजारमा कुरिलो अभाव रहेको कालीमाटीका व्यापारी राजन भेसवालले बताउनुभयो । केही दिनदेखि बजारमा कुरिलो नै पाइएको छैन यसले गर्दा उपभोक्ता किन्न आए पनि बजारमा कुरिलोको अभाव भएकाले बेच्न नपाएको व्यापारी भेसवालको भनाइ&n...

दिलकुमार बाराहीलाई १० हजार डलरको अन्तर्राष्ट्रिय अवार्ड

दक्षिण कोरियाको झान्जु नगरले संसारभरिका अमूर्त सांस्कृतिक सम्पदा प्रवर्द्धन गर्न हरेक वर्ष दिँदै आएको यो अवार्ड यसपालि तीनवटा देशका सांस्कृतिक सम्पदाले पाएका छन्। पहिलो नम्बरमा नेपालको नाउँ छ भने त्यसपछि इटाली र ताजिकिस्तान छन्।

यसपालि पनि सर्वोत्कृष्ट कर्मचारी छनाेट हुन सकेन

काठमाण्डाै - व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ आज निजामती सेवा दिवस मनाइँदै छ । दिवसका अवसरमा सरकारले उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने र निजामती सेवा पुरस्कार पाउनेको नाम सार्वजनिक गरेको छ ।१० जनाले १ लाख रुपैयाँको उत्कृष्ट निजामती सेवा पुरस्कार  र ३० जनाले ५० हजार रुपैयाँको निजामती सेवा पुरस्कार पाउने छन् ।  तर, गएको वर्ष जस्तै यसपालि पनि सरकारले सर्वाेत्कृष्ट कर्मचारी भने छनोट गर्न सकेन ।सरकारले ८६ हजारबाट एक जना पनि सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसक्दा कर्म...

६ हजार स्याउका बिरुवा निर्यात

हिमपात नहुँदा स्याउ उत्पादन घट्नेजुम्ला-माघ महिनाको पहिलो साता बितिसक्दा पनि जुम्लामा हिमपात नहुँदा यहाँका किसान चिन्तित भएका छन् । पुस माघ महिनामा हिमपात भएपछि स्याउखेतीमा सिँचाइ हुने, समयमै सिँचाइ हुँदा स्याउ उत्पादन वृद्धि हुने र बालीनाली पनि सप्रिन्थ्योे । तर यसपालि माघ दोस्रो सातासम्म पनि हिमपात नभएपछि जुम्ली किसान चिन्तित भएका हुन् ।जुम्लाको ३ हजार […]