काठमाण्डौ - काठमाण्डौका मुख्य बजार कालीमाटीसहित विभिन्न तरकारी बजारमा यो वर्ष कुरिलोको मूल्य बढेको छ ।
अघिल्लो वर्षसम्म खुद्रामा किलोको एक हजार रुपैयाँसम्ममा बिक्री हुँदै आएको कुरिलोको मूल्य यसपालि बढेको छ ।
कुरिलो आज किलोको ४ हजार रुपैयाँमा बिक्री भइरहेको व्यापारीहरुले बताएका छन् । अहिले बजारमा कुरिलो अभाव रहेको कालीमाटीका व्यापारी राजन भेसवालले बताउनुभयो ।
केही दिनदेखि बजारमा कुरिलो नै पाइएको छैन यसले गर्दा उपभोक्ता किन्न आए पनि बजारमा कुरिलोको अभाव भएकाले बेच्न नपाएको व्यापारी भेसवालको भनाइ&n...