डोटी- जिल्लामा खाद्यान्नको संकट आउन नदिन यहाँका नौ वटै स्थानीय तहमा खाद्य बैंक स्थापना गरिने भएको छ । जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले सबै स्थानीय तहले कोरोनाको संक्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनका कारण हुन सक्ने खाद्य अभाव तथा अन्य विपत्को जोखिमबाट बच्न पूर्व तयारीस्वरुप खाद्य बैंक स्थापना गर्ने निर्णय गरेको हो ।