लक्ष्मीपूजामा दियो बाल्ने क्रममा आगलागी

दमक–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका दुई घरमा गएराति आगलागी भएको छ । आगलागीबाट घर पूर्णरूपमा क्षति भएको त्यहाँस्थित शरणार्थी समन्वय एकाइका प्रमुख सुरेन्द्रराज दाहालले जानकारी दिए ।उनका अनुसार शिविरका मधु चापागाईँ र अमरबहादुर मगरको घर पूर्णरूपमा क्षति भएको छ । आगलागी इलाका प्रहरी कार्यालय दमकको टोली, सशस्त्र प्रहरी बेलडाँगी र स्थानीयवासीको सहयोगमा निभाइएको थियो । एकाइका प्रमुख दाहालका अनुसार लक्ष्मीपूजामा दियो बाल्ने क्रममा अमरबहादुर मगरको घरबाट आगो सल्किँदा छिमेकी चापागाईँको पनि घरक

सम्बन्धित सामग्री

सर्भिस सेन्टरमा राखिएको विद्युतीय कारमा आगलागी

काठमाडौं । विद्युतीय कारमा आगलागी भएको छ । सितापाइलामा रहेको सेरेस ब्राण्डको सर्भिस सेन्टरमा पार्किङ गरिएको गाडीमा आगलागी भएको हो । प्रहरी स्रोतले सट सर्किट भएर आगलागी भएको बताएको छ । कम्पनी स्रोतले पनि गाडीमा सट सर्किट भएर आगलागी भएको जानकारी दियो । ‘गाडीबाट ठूलो परिमाणमा धुवाँ निस्केपनि आगो नै भने लागेको होइन । अहिले […]

कोशी सरकारले दियो आगलागीमा मृत्यु भएका बालबालिकाका परिवारलाई राहत

मोरङ – कोशी प्रदेश सरकारले भोजपुरको हतुवागडी गाउँपालिकामा आगलागी हुँदा मृत्यु भएका तीन बालबालिकाको परिवारलाई राहत उपलब्ध गराएको छ। गत चैत्र ३ गते भएको आगलागीमा ५ वर्षीय प्रनिश कार्की, ३ वर्षीय दिउनिष कार्की र ७ वर्षकी दिप्सीका कार्कीको मृत्यु भएको थियो। मंगलबार घटनास्थल पुगेका प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पीडित दुई परिवारलाई एक–एक लाख रुपैयाँ सहयोग […]

मुगुमा भीषण आगलागी, १७ घर र तीन घुम्ती पसल जलेर नष्ट

मुगु – जिल्ला सदरमुकाम गमगढीस्थिति तल्लो बजारमा भीषण आगलागी हुँदा १७ घर र तीन घुम्ती पसल जलेर नष्ट भएका छन् । सोमबार राति करिब साढे १२ बजेदेखि सुरु भएको आगलागी बिहान साढे ४ बजे मात्रै नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।आगलागी स्थानीय ठिन्ले लामाको घरमा बल्दै गरेको दियो ढल्किएर सुरु भएको भन्ने बुझिन आएको जिल्ला […]

मुगुमा भीषण आगलागी हुँदा १७ घर जले, मध्यरातिकाे आगाे बिहान मात्र नियन्त्रणमा

मुगु । मगु सदरमुकाम गमगढीस्थित तल्लो बजारमा भीषण आगलागी भएको छ । मंगलबार मध्यरातिको आगलागीमा १७ घर  र तीन वटा घुम्ती पसल जलेको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी चित्रबहादुर भट्टराईले जानकारी दिए ।  राति साढे १२ बजेदेखिको आगलागी बिहान  ४ बजे मात्रै नियन्त्रणमा आएको थियो । ठीन्ले लामाको घरमा बल्दै गरेको दियो ढल्किएर आगलागी सुरु भएको प्रारम्भीक […] The post मुगुमा भीषण आगलागी हुँदा १७ घर जले, मध्यरातिकाे आगाे बिहान मात्र नियन्त्रणमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

मुगुमा मध्यराति भीषण आगलागी, १७ घर जले (भिडियोसहित)

मुगु – सदरमुकाम गमगढीस्थित तल्लो बजारमा भीषण आगलागी भएको छ । मंगलबार मध्यरातिको आगलागीमा १७ घर र तीन वटा घुम्ती पसल जलेको जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी चित्रबहादुर भट्टराईले जानकारी दिए । राति साढे १२ बजेदेखिको आगलागी बिहान ४ बजे मात्रै नियन्त्रणमा आएको थियो । ठिन्ले लामाको घरमा बल्दै गरेको दियो ढल्किएर आगलागी सुरु भएको […]

अनामनगरस्थित कार्की भवनमा आगलागी

अनामनगरस्थित कार्की भवनमा आगलागी भएको छ । फर्निचर सोरुममा बिहीबार साँझ लक्ष्मीपूजा गरी दियो बालेर छाड्दा आगलागी भएको स्थानीयले बताएका छन् । आगो निभाउने प्रयास जारी रहेको छ । क्षतिको विवरण...

तिहारमा झिलिमिली बत्ती तथा दियो बाल्दा सतर्कता अपनाउन आग्रह

काठमाण्डाै - तिहारमा झिलिमिली बत्ती तथा दियो बाल्दा सतर्कता अपनाउन आग्रह गरिएको छ । सामान्य सावधानी नअपनाउँदा आगलागीको जोखिम हुने भएकाले झिलिमिली बत्ती तथा दियो बाल्दा ध्यान दिन आग्रह गरिएको हो । काठमाण्डौलगायत सहरी क्षेत्रमा आगलागी हुनुमा ७० देखि ८० प्रतिशत विद्युत् सटका कारण हुने गरेको छ । झिलिमिली पर्व तिहारमा आगलागीका घटना हुने खतरा धेरै हुन्छ । यस्तै, तिहारमा दियो बालेर लक्ष्मी पूजा गर्ने र घर वरिपरि नै दियो बत्ती बाल्ने गरिएकाले विशेष सावधानी अपनाउनु पर्छ ।  जुद्ध वारुणयन्त्रका प्रमुख चन्दन श्र...

बत्ती बाल्दा सावधानी अपनाऔँ

तिहारमा झिलिमिली बत्ती तथा दियो बाल्दा उज्यालो मात्रै होइन आगलागीको सम्भावना उत्तिकै रहने भएकाले सतर्कता अपनाउन सुझाव दिइएको छ । जुद्ध वारुणयन्त्रका प्रमुख चन्दन श्रेष्ठले भने, “आगलागी प्राकृतिक विपत्ति होइन, मानवीय त्रुटिका कारण हुने घटना हो । त्यसैले आफ्नो नियन्त्रणमा रहने गरी नै बत्तीको प्रयोग गर्नु उत्तम उपाय हो ।”काठमाडौंँलगायत सहरी क्षेत्रमा आगलागी हुनुमा ७० देखि ८० प्रतिशत विद्युत् सटका कारण हुने जानकारी उनले दिए। तिहार भन्नेबित्तिकै झिलिमिली बत्ती र माटाका पालामा बाल्ने दियो

आगलागीबाट अन्नपात क्षति

जुम्ला : जिल्लाको तातोपानी गाउँपालिका–५ लाम्रागाउँमा आगलागी हुँदा एक घरमा क्षति भएको छ।बिहीबार बिहान माधवप्रसाद चौलागाईंको घरमा पूजा गर्ने क्रममा दियोबाट आगलागी भएको हुन सक्ने जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईंले बताए। उनले भने, ‘चौलागाईंको तीनतलाको घर हो। एक तला जलेर पूर्णरूपमै नष्ट भएको छ।’दियो ढल्केर घरमा आगलागी हुँदा एउटा तलामा रहेको लत्ताकपडा अन्नपात सबै नष्ट भएको छ। आगलागी पीडित माधवप्रसाद चौलागाईंले भने, ‘बिहान पूजा सकेर गाउँमा भएको बिहेमा ग

लक्ष्मी पूजा गर्ने क्रममा आगलागी हुँदा ६८ लाख क्षति

तिहारका अवसरमा लक्ष्मी पूजा गर्ने क्रममा लापरवाहीपूर्वक दियो बाल्नाले विराटनगरका दुई पसलमा आगलागी हुँदा रु ६८ लाख मूल्य बराबरको मालसामान जलेर नष्ट भएको छ।