तिहारमा झिलिमिली बत्ती तथा दियो बाल्दा उज्यालो मात्रै होइन आगलागीको सम्भावना उत्तिकै रहने भएकाले सतर्कता अपनाउन सुझाव दिइएको छ । जुद्ध वारुणयन्त्रका प्रमुख चन्दन श्रेष्ठले भने, “आगलागी प्राकृतिक विपत्ति होइन, मानवीय त्रुटिका कारण हुने घटना हो । त्यसैले आफ्नो नियन्त्रणमा रहने गरी नै बत्तीको प्रयोग गर्नु उत्तम उपाय हो ।”काठमाडौंँलगायत सहरी क्षेत्रमा आगलागी हुनुमा ७० देखि ८० प्रतिशत विद्युत् सटका कारण हुने जानकारी उनले दिए। तिहार भन्नेबित्तिकै झिलिमिली बत्ती र माटाका पालामा बाल्ने दियो