रसुवा – रसुवाको लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रबाट निर्माण गर्दा चीनसँगको पहिलो अन्तरदेशीय प्रसारण लाइनको लागत घट्ने देखिएको छ ।
रातमाटे–रसुवागढी–केरुङ ४ सय केभी प्रसारण लाइनले गरेको अध्ययन अनुसार निकुञ्ज क्षेत्रबाट प्रसारण लाइन बनेमा झण्डै १ अर्ब रुपैयाँ लागत घट्ने देखिएको आयोजना प्रमुख कोमलनाथ आत्रेयले बताउनुभएको छ । यसअघि वन क्षेत्रबाट अध्ययन गरिएको थियो ।
यसअघि कोरोना सङ्क्रमणका कारण आयोजनाको अरु काम रोकिएपछि निकुञ्ज क्षेत्रमा सर्भे गरिएको थियो । निकुञ्ज क्षेत्रबाट प्रसारण लाइन निर्माण भएमा आयोजनाक...