नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन पुरानै रुटबाट बन्ने, इआइए अध्ययन सुरु

नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन निर्माण पुरानै रुटमा निर्माण हुने भएको छ । जलविद्युत् आयोजनाहरूको सबस्टेसन पुरानै रुटमा रहेकाले आवश्यकताका आधारमा अन्तरदेशीय प्रसारण लाइन निर्माण पुरानै रुटबाट बन्ने रातमाटे–रसुवागढी–केरुङ चार सय केभी...

सम्बन्धित सामग्री

रातमाटे–केरुङ प्रसारण लाइनको नेपाल खण्डको निर्माण गर्न १० अर्ब लाग्ने

काठमाडौं, फागुन २७ । नेपाल र चीन अर्थात् रातमाटे–रसुवागढी–केरुङ अन्तरदेशीय प्रसारण लाइनको नेपाल खण्डको सम्भाव्यता अध्ययन सकिएको छ । नेपाल विद्युत् प्राधिकरणको टोलीले नेपाल खण्डमा बन्ने प्रसारण लाइनको सम्भाव्यता अध्ययन गरेको थियो । उक्त टोलीले अध्ययन गरेर प्रतिवेदनसमेत प्राधिकरणलाई बुझाइसकेको छ । नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन आयोजना प्रमुख कोमलनाथ आत्रेयले आयोजनाको सम्भाव्यता अध्ययन सकिएको बताएका […]

नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन : नेपाल खण्डको निर्माण गर्न १० अर्ब लाग्ने

नेपाल र चीन अर्थात् रातमाटे–रसुवागढी–केरुङ अन्तरदेशीय प्रसारण लाइनको नेपाल खण्डको सम्भाव्यता अध्ययन सकिएको छ । नेपाल विद्युत् प्राधिकरणको टोलीले नेपाल खण्डमा बन्ने प्रसारण लाइनको सम्भाव्यता अध्ययन गरेको थियो । उक्त टोलीले अध्ययन गरेर प्रतिवेदनसमेत प्राधिकरणलाई बुझाइसकेको छ ।नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन आयोजना प्रमुख कोमलनाथ आत्रेयले आयोजनाको सम्भाव्यता अध्ययन सकिएको बताएका छन् । उक्त अध्ययनले नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन बनाउन सम्भव रहेको देखाएको पनि बताए ।&lsqu

नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन : नेपाल खण्डको निर्माण गर्न रू. १० अर्ब लाग्ने

काठमाडौं । नेपाल र चीन अर्थात् रातमाटे–रसुवागढी–केरुङ अन्तरदेशीय प्रसारण लाइनको नेपाल खण्डको सम्भाव्यता अध्ययन सकिएको छ । नेपाल विद्युत् प्राधिकरणको टोलीले नेपाल खण्डमा बन्ने प्रसारण लाइनको सम्भाव्यता अध्ययन गरेको थियो । उक्त टोलीले अध्ययन गरेर प्रतिवेदनसमेत प्राधिकरणलाई बुझाइसकेको छ । नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन आयोजना प्रमुख कोमलनाथ आत्रेयले आयोजनाको सम्भाव्यता अध्ययन सकिएको बताएका छन् । उक्त अध्ययनले नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन बनाउन सम्भव रहेको देखाएको पनि बताए । ‘उक्त अध्ययनले प्रसारण लाइन बन्ने सम्भावना देखाएको छ । अब वातावरणीय प्रभाव मूल्यांकन र आयोजना विस्तृत प्रतिवेदन (डीपीआर) बनाउने काम अगाडि बढ्छ,’ उनले भने, ‘वातावरणीय प्रभाव मूल्यांकनको काम चैतको पहिलो सातादेखि शुरू हुन्छ । डीपीआर भने चीनसँग मिलेर संयुक्त रूपमा बनाउँछौं ।’ वातावरणीय प्रभाव मूल्यांकनको काम ७ महीनाभित्र सकिने उनको भनाइ छ । डीपीआरका लागि भने यही महीना (मार्च) मा चीन र नेपालबीच आवश्यक सम्झौता हुने उनले बताए । नेपाल खण्डको प्रसारण लाइन ४०० केभीको डलर सर्किटको हुनेछ, त्यसमा २०७ ओटा टावर हुनेछन्, जुन बनाउन १० अर्ब रुपैयाँ लाग्ने देखिएको आत्रेयले बताए । प्रसारण लाइनको लम्बाइ भने ७० किलोमीटर हुने उनको भनाइ छ । प्रसारण लाइनको कुल लम्बाइ भने १४९ किलोमीटर रहेको छ । त्यसमा चीनतर्फ ७९ किलोमीटर प्रसारण लाइन पर्नेछ । उक्त प्रसारण लाइनबाट ३ हजार मेगावाट विद्युत् नेपाल–चीन बीच आयातनिर्यात गर्न सकिने उनको भनाइ छ । अध्ययनका क्रममा नेपाल खण्डको प्रसारण लाइन २ रूटमा बनाउन सक्ने देखिएको छ । रातमाटेदेखि चिलेमे हब हुँदै केरुङसम्म प्रसारण लाइन बनाउन सकिने देखिएको छ । यस्तै, रातमाटेदेखि लाङटाङ राष्ट्रिय निकुञ्ज हुँदै केरुङसम्म प्रसारणलाइन बनाउन सकिने अध्ययनले देखाएको छ । चिलिमे हबबाट प्रसारण लाइन बनाउँदा खर्च बढी लाग्ने देखिएको छ । तर, प्राविधिक रूपमा त्यही रूटबाट प्रसारण लाइन बनाउँदा उपयुक्त हुने देखिएको छ । यता, राष्ट्रिय निकुञ्ज हुँदै जाने प्रसारण लाइन बनाउँदा सजिलो भए पनि उपयुक्त नहुने देखिएको छ । तसर्थ, चिलिमे हबको रूटबाट नै प्रसारण लाइन बनाउने योजना रहेको आत्रेयले बताए । चीनतर्फको प्रसारण लाइनको सम्भाव्यता अध्ययन यसअघि नै सकिएको छ । चीनले आफ्नो खण्डमा केही ठाउँमा प्रसारण लाइन बनाउने कामसमेत गरिरहेको छ । रातमाटेमा  एमसीसी आयोजनाअन्तर्गत बन्ने सबस्टेशनबाट उक्त प्रसारण लाइन तानिनेछ । केरुङ (चीनतर्फ) मा भने कन्भर्ट स्टेशन बनाइनेछ । त्यसपछि चीनको जिरोङ काउन्टी भन्ने ठाउँमा रहेको सबस्टेशनमा यो प्रसारण पुर्‍याइनेछ, उक्त सबस्टेशन केरुङ नाकादेखि ७९ किलोमीटरभित्र पर्छ । रातमाटेमा बन्ने भनिएको सबस्टेशन नेपालको सबै विद्युत् प्रसारण प्रणालीसँग जोडिएको छ । भारततर्फको अन्तरदेशीय प्रसारण लाइनसँग पनि त्यसको कनेक्शन हुन्छ । त्यो अवस्थामा नेपाल चीन–प्रसारण लाइन बनेमा त्रिदेशीय (नेपाल, भारत र चीन) विद्युत् व्यापार गर्न सकिने पनि अध्ययनले देखाएको छ ।

नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन नयाँ रुटको सर्भे सुरु, लागत एक अर्ब घट्ने

पाँच हजार मेगावाट क्षमता वहन गर्न सक्ने प्रसारण लाइन १० अर्ब लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य, दूरी पनि पाँच किलोमिटर घट्ने नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि परिवर्तन गरिएको नयाँ रुटको...

नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइनको रुट परिवर्तन हुने

नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन निर्माण सहजीकरणका लागि नेपालतर्फको रुट परिवर्तन गरिने भएको छ । नयाँ रुटअनुसार निर्माणमा सहज हुनुका साथै लागत पनि कम हुने भएपछि नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइनको रुट परिवर्तन...

चीन जोड्ने विद्युत् प्रसारण लाइनको अध्ययन सुरु

बेल्ट एण्ड रोड इनिसियटिभ अन्तर्गत निर्माण गर्न लागिएको ४ सय केभीको नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि नेपालतर्फको रुट अध्ययनको काम थालिएको छ। आजको समाचारपत्र दैनिकमा समाचार छ। २०१७ मे १२ मा बेल्ट एन्ड रोड इनिसियटिभमा सहकार्यका लागि नेपाल र चीनबीच सम्झौता भएको थियो। सोही परियोजनाअन्तर्गत रहेको नेपाल र चीनबीच विद्युत् आदान–प्रदानका लागि गल्छी रसुवागढी…