रसुवा – काेभिड–१९ का कारण चीनसँगको पहिलो अन्तरदेशीय प्रसारण लाइन निर्माणमा समस्या देखिएको छ । फैलिँदो कोरोना सङ्क्रमण र जोखिमका कारण नेपाल र चीन दुवै देशका प्राविधिकले स्थलगत अध्ययन गर्न नपाउँदा प्रसारण लाइन निर्माण अघि बढ्न सकेको छैन ।
डेढ वर्षदेखि रसुवागढी नाकाबाट मानिसको आवतजावत ठप्प भएका कारण दुवै देशका प्राविधिकले स्थलगत अध्ययन गर्न नपाएका हुन् । नेपाली पक्षले चीनतर्फ र चिनियाँ पक्षले नेपालतर्फ अध्ययन तथा अवलोकन गर्नुपर्ने भए पनि नाकाबाट आवतजावत हुन नपाउँदा समस्या भएको रातमाटे–रसुवागढी&nda...