बैतडी । बैतडीमा सञ्चालन भएको ‘गाउँघरमा चिकित्सक कार्यक्रम’ बाट एक हजारभन्दा बढी नागरिक लाभान्वित भएका छन् । दुर्गम क्षेत्रमा विशेषज्ञ डाक्टरसहित सेवा दिने उद्देश्यले जिल्ला अस्पताल बैतडीले सिगास र पञ्चेश्वरमा कार्यक्रम सञ्चालन गरेको हो । विशेषज्ञ सेवासहितको स्वास्थ्य गाउँघर चिकित्सक कार्यक्रमअन्तर्गत नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको जिल्ला अस्पतालका प्रमुख डाक्टर दीपेश श्रेष्ठले जानकारी दिए । शिविरमा बालरोग सेवा, दन्तरोग सेवा, अल्ट्रासाउण्ड सेवा, इसिजी सेवालगायत विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण सेवा सञ्चालन गरिएको थियो । अल्ट्रासाउण्ड सेवा, प्रयोगशाला सेवालगायत स्वास्थ्य सेवा पनि शिविरमा सञ्चालन गरिएको छ । यस्तै सामान्य चेकजाँच र विशेषज्ञ सेवा दिने गरिएको छ । सिगासको गाँजरी स्वास्थ्यचौकीमा दुई दिनसम्म सञ्चालन भएको शिविरमा सात सय ८८ जनाले सेवा लिएका छन् । उक्त शिविरमा एक ५६ जनाले हाडजोर्नी, एकसय १० जनाले भिडियो एक्सरे, एकसय ३१ जनाले नाक कान र घाँटीसम्बन्धी सेवा, ८९ जना बालबालिका र दाँतसम्बन्धी समस्या भएका ९३ जना, १२ जनाले इसिजी र तीनसय २९ जनाले सामान्य चेकजाँच सेवा लिएका छन् । रासस