सिन्धुपाल्चोक : विसं २०७८ असार १ तथा त्यसपछिका बाढी, पहिरोबाट प्रभावित पाँचपोखरी थाङपाल गाउँपालिकालाई मेलम्ची नगरपालिकाले रु १० लाख आर्थिक सहयोग गरेको छ । केही अघिको नगर कार्यपालिकाको बैठकले बाढी तथा पहिरो प्रभावित छिमेकी दुई हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकालाई १०, १० लाख सहयोग गर्ने निर्णय गरेको थियो।छिमेकी पालिकाहरूमा समस्या पर्दा केही सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको नगर प्रमुख आइतमान तामाङले बताए। १० लाखको चेक ग्रहण गर्दै पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले
नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसीएल नेपालले दार्चुला बाढी पहिरो पीडितलाई आर्थिक सहयोग गर्ने भएको छ । संगठनले दार्चुला जिल्ला कमिटी, सुदूरपश्चिम प्रदेश कमिटी, केन्द्रीय पदाधिकारी, केन्द्रीय कमिटी सदस्य लगायत सम्पूर्ण मातहतका कमिटीलाई राहत तथा उद्धार कार्यमा सक्रियताका साथ लाग्न निर्देशन जारी गरेको हो । वाईसीएल नेपालका अध्यक्ष सुबोधराज सेर्पालीले बाढी पहिरोबाट भएको धनजनको क्षतिपूर्ति र बेपत्ताको यथाशिघ्र खोजबिन गर्न सरकारसँग माग गरेका छन् । लगातारको वर्षापछि हिजो गएक
जिल्लाको रोङ गाउँपालिकाका पहिरो पीडितलाई गाउँपालिकाले सहयोग गरेको छ । गाउँपालिकाले वडा नं ३ र ४ का पहिरो पीडितलाई आर्थिक सहयोग गरेको हो । गाउँपालिकाले १३ घर परिवारलाई प्रतिघर रु एक लाखका दरले आर्थिक सहयोग गरेको हो । गाउँपालिकाका ती वडामा २०६८ सालदेखि पहिरो बग्न थालेको थियो । विसं २०७२ बाट पहिराले गाउँलाई जोखिम बनाएर १३ परिवार विस्थापित हुनुपरेको थियो । पहिरो पीडित घर–परिवारलाई बुधबार पहिरो प्रभावित क्षेत्रमै पुगेर गाउँपालिकाका अध्यक्ष शमशेर राई, उपाध्यक्ष चन्द्रकला राईलगायत जनप्रतिनिध
मनाङ- हिमालपारीको जिल्ला मनाङका बाढी तथा पहिरो प्रभावितहरूलाई गण्डकी प्रदेश सरकारले विशेष सहयोग हस्तान्तरण गरेको छ । आइतबार नासो गाउँपालिकामा एक समारोहकाबीच गण्डकी प्रदेश सरकारले बाढी तथा पहिरोबाट पूर्ण प्रभावित ७४ घर परिवारलाई विशेष राहत एवं सहयोग गरेको हो ।गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल जीवन सहितको टोलीले नासो, चामेलगायतका गाउँपालिकाका प्रभावितहरूलाई ७४ घरका जनही २ […]
काठमाडौं : दोलखाको कालिञ्चोक गाउँपालिकास्थित लापिलाङका पहिरो पीडितलाई न्यानो कपडा र ब्ल्याङ्केट सहयोग गरिएको छ। एक वर्षदेखि निरन्तर रूपमा झरिरहेको बस्तिमाथिको रानीबन पहिरोका कारण आफ्नो सर्वस्व गुमाएका लापिलाङका तीन सय ५६ परिवारलाई एक कार्यक्रमका बीच ब्ल्याङ्केट, सुईटरलगायत लत्ताकपडा वितरण गरिएको हो।
लायन्स क्लब अफ नेपाल शेर्पाज, छिरिङ डोल्मा शेर्पा फाउन्डेसन…
काठमाडौँ । नेपाली काँग्रेसका सांसद दिव्यमणि राजभण्डारीले काँग्रेसले गठन गरेको बाढी, पहिरो व्यवस्थापन समन्वय समितिलाई आर्थिक सहयोग गरेका छन् । देशका विभिन्न भागमा गएको विनाशकारी बाढी पहिराका कारण पुगेको जनधनको ठुलो क्षतिको तथ्याङ्क सङ्कलन तथा बाढी पहिरापीडितलाई राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले निर्माण गरिएको समितिलाई सांसद राजभण्डारीले बिहीबार रु एक लाख एक हजार आर्थिक सहयोग […]
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ११औं वार्षिकोत्सवका अवसरमा सिन्धुपाल्चोक र मनाङका बाढी–पहिरो पीडितलाई १२ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिन्धुपाल्चोकको हेलम्बुमा ७ लाख रुपैयाँ र मनाङको चामेका बाढी पहिरो पीडितलाई ५ लाख रुपैंया सहयोग गरेको हो । २०७८ असार १ गतेको बाढी पहिरोबाट ठूलो क्षति सहित प्रभावित बनेका चामे र हेलम्बुको प्रभावित क्षेत्रमा मेगा बैंकको पनि शाखा रहेकोले स्थानीय समुदाय एवं समाज प्रतिको उत्तरदायित्व बहन गर्
नेपालका अन्तराष्ट्रिय क्रिकेटर सन्दिप लामिछानेले सिन्धुपाल्चोकको लिदि पहिरो पीडितलाई चार लाख बराबरको सहयोग गर्नुभएको छ । उहाँले गत वर्षको पहिरोले विस्थापित भएर बासखर्कमा बसेका पहिरोबाट प्रभावितलाई घर बनाउन आवश्यक सामग्री सहयोग गर्नुभएको हो । लामिछानेले चौतारा पुगेर सो सहयोग जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख अरुण पोखरेललाई हस्तान्तरण गर्नुभयो । हस्तान्तरण गरिएका सामग्रीमा जस्ता, …
सिन्धुपाल्चोक– नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेले सिन्धुपाल्चोकको लिदि पहिरो पीडितलाई सहयोग गरेका छन्। उनले गत वर्षको पहिरोले विस्थापित भएर बासखर्कमा बसेका पहिरोबाट प्रभावितलाई घर बनाउन आवश्यक सामग्री सहयोग गरेका हुन्। आज चौतारा पुगेर सो सहयोग जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख अरुण पोखरेललाई लामिछानेले हस्तान्तरण गरे। हस्तान्तरण गरिएका सामग्रीमा जस्ता, फलामे ट्रस, पोल लगायत […]
वर्षाको समय सुरु भएसँगै नेपालमा बाढी पहिरोको घटना बढ्न थालेपछि विदेशमा रहेका नेपाली सहयोग जुटाउन लागिपरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) सिन्धुपाल्चोकको मेलम्ची लगायत नेपालभरी नै बाढी तथा पहिरो पीडित बढ्न थालेको भन्दै सहयोग गर्न अपिल गरेको छ । संघका अध्यक्ष कुमार पन्तले शुक्रवार एक विज्ञप्ति जारी गर्दै बाढी तथा पहिरोमा परि ज्यान गुमाएका सम्पूर्ण व्यक्तित्वहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति समवेदना प्रकट गरेका छन् । उनले मातृभूमिमा रहेका