अमेरिकाको उच्च–स्तरीय संसदीय टोली नेपालको औपचारिक भ्रमणको सिलसिलामा आज काठमाडौं आउँदैछ । नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औँ वर्ष पुगेको अवसरमा उनीहरुले नेपालको भ्रमण गर्न लागेका हुन् । काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार सिनेटर किर्स्टन जिलिब्रान्ड (न्यूयोर्क) को नेतृत्वमा टोली नेपाल आउन लागेको हो । उत्त टोलीमा सिनेटरहरू शेल्डन ह्वाइटहाउस (रोड आइल्याण्ड), कोरी बुकर (न्यू जर्सी), मार्क केली (एरिजोना) र प्रतिनिधिसभा सदस्य मोन्डेयर जोन्स (१७ औं कङ्ग्रेसन