प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पले क्षतिग्रस्त त्रिचन्द्र कलेज चाँडै बनाउने प्रतिबद्धता जनाएका छन्। पुनर्निर्माण प्राधिकरणले रातो स्टिकर टाँसेको पूर्ण क्षतिग्रस्त भवनमा आफूहरू त्रासपूर्ण वातावरणमा अध्ययन गर्नुपर्ने अवस्थाबारे ध्यानाकर्षण गराउँदा समेत सम्बन्धित निकायको कुनै सुनुवाइ नभएपछि त्रिचन्द्र कलेजका विद्यार्थीहरूले बिहीबार प्रधानमन्त्री देउवालाई भेटेर समस्याबारे अवगत गराएका थिए।