बिजुली र ग्यासको प्रयोग नघटाएमा युरोपमा चरम ऊर्जा संकट हुने र विभिन्न मुलुकमा लोडसेडिङ हुने देखिएको छ । रुसले नर्डस्ट्रिम–१ पाइपलाइनमार्फत आपूर्ति हुँदै आएको ग्यास पूर्ण रूपमा कटौती गरिदिएपछि युरोपभर आगामी जाडोयाममा लोडसेडिङ हुने देखिएको हो । ऊर्जाको प्रयोग नघटाएमा जाडोयाममा बेल्जियम, जर्मनी, फ्रान्स, बेलायत, स्पेन, स्विट्जरल्यान्ड यूकेलगायत दर्जनौं मुलुकमा लोडसेडिङ हुने अधिकारीहरूले जनाएका छन् ।