चीनमा ऊर्जा संकट, अधिकांश कारखानाहरु अस्थायी रुपमा बन्द

चीनले पहिले नै धेरै आर्थिक चुनौतीहरूको सामना गरिरहेको छ। अब ऊर्जा संकटको रूपमा यसको अगाडि नयाँ समस्या खडा भएको छ । देशको दक्षिणी पश्चिम क्षेत्रमा चर्को गर्मी बढेको छ । जसका कारण धेरै कारखानाहरु अस्थायी रुपमा बन्द भएका छन् । यसले आपूर्ति श्रृंखलाको नेटवर्कलाई असर गर्नेछ। उदाहरणका लागि, चोङकिङ नगर निगममा अटोमोबाइल र कम्प्युटर उत्पादन […]

सम्बन्धित सामग्री

जलाशययुक्त आयोजना ‘कोमा’मा, ऊर्जा संकट ढोकामा

नेपाल सरकारले ऊर्जा प्रणालीमा अत्यावश्यक जलाशययुक्त आयोजना बनाउन अझै चासो दिएको छैन । त्यसैकारण सुख्खायाममा भारतीय बिजुलीमा निर्भरता बढ्दैछ । नेपाल विद्युत प्राधिकरणले भारतबाट ल्याइने बिजुली प्रसारण गर्ने पूर्वाधार नभएको भन्दै साँझमा उद्योगहरुमा विद्युत कटौती गरिरहेको छ ।

श्रीलंकाद्वारा विदेशी ऋण नतिर्ने घोषणा

चैत २९, कोलम्बो (श्रीलंका) । आर्थिक संकटमा चुर्लुम्म डुबेको श्रीलंकाले बाह्य कर्जा भुक्तानी रोक्का गरेको छ । अत्यावश्यक वस्तु आयातका लागि आवश्यक डलर रित्तिदै गइरहेको अवस्थामा त्यहाँको सरकारले मंगलवार ५१ अर्ब डलर बराबरको सबै बाह्य ऋण तिर्न नसकिने भएको घोषणा गरेको हो । यो नै श्रीलंका सामु अन्तिम उपाय बचेको समेत सरकारले बताएको छ । श्रीलंका अहिले स्वतन्त्र भएयताकै खराब आर्थिक संकटबाट गुज्रिरहेको छ । त्यहाँका अहिले चरम ऊर्जा संकट भने खाद्यान्न र इन्धनको अभाव पनि अकल्पनीय  छ । विदेशी सरकारसमेतका कर्जादाताहरुले मंगलवार दिउँसोदेखि बक्यौता बसेको कर्जामा ब्याज लगाउन सक्ने या श्रीलंकाली रुपीमा कर्जा फिर्ता लैजान सक्ने विदेश मन्त्रालयले एक विज्ञप्तिमा बताएको छ । पछिल्लो समय श्रीलंकको आर्थिक अवस्था दिन प्रतिदिन खस्किँदै गइरहेको छ । देशको वित्तीय अवस्था खस्किन नदिन सरकारले अन्तिम उपायका रुपमा यो आकस्मिक उपाय अपनाएको पनि विज्ञप्तिमा भनिएको छ । श्रीलंकाले यही महीनाको अन्त्यमा बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) वित्तीय उद्धार कार्यक्रमका लागि वार्ता गर्दैछ । उक्त वार्ता अघि सबै कर्जादाताहरुलाई समान र निष्पक्ष व्यवहार गर्नका लागि कर्जा नतिरिने घोषणा गरिएको हो । एजेन्सी

कुलमानका कारण देशलाई दैनिक १० अर्ब नोक्सानी

औद्योगिक करिडोरका उद्योगहरुमै अघोषित लोडसेडिङ हुँदा अहिले उद्योगीहरु तनावमा छन् । केही उद्योग आंशिक र केही उद्योगहरु पूर्ण रुपमै बन्दको अवस्थामा छन् । ५० देखि ६० प्रतिशत क्षमतामा चल्दै आएका उद्योगहरु अहिले पूर्ण रुपमा बन्द छन् ।नेपाल विद्युत् प्राधिकरणबाट स्वीकृति लिएको लोड अनुसारको विद्युत नपाउँदा उद्योगीहरुले फ्याक्ट्री बन्द गराएका छन् । तर, प्राधिकरण लोडसेडिङ छ भन्ने मान्न तयार छैन ।१४ घण्टासम्म लोडसेडिङप्राधिकरणले महँगोमा भारतबाट बिजुली किनेर सस्तोमा बेच्दा घाटा हुने भन्दै बिजुली नकिन्दा उद्योगहरु समस्यामा परेका हुन् । मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल कुलमान घिसिङले प्राधिकरणको वित्तीय विवरण नाफामा रहेको देखाउन भारतबाट बिजुली नकिन्दा अहिले उद्योगहरु बन्द भएको गुनासो गरेका छन् । उनले प्राधिकरणका कार्यकारी निर्देशक कुलमानले दैनिक २२ करोड रुपैयाँ बचत गर्ने मानसिकता बोक्दा उद्योगहरुले दैनिक ११ अर्ब रुपैयाँ गुमाईरहेको बताएका छन् ।‘कुलमान घिसिङकै कारण देशको अर्थतन्त्र टाट पल्टिने भयो, तरलता अभाव छ, उद्योगहरुले जसोतसो अर्थ क्षेत्र चलायमान बनाउँदै थिए’ उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेल भन्छन्, ‘तर, अब यो पनि बन्द भयो । कुलमान सरले आफैँले प्रतिवद्धता गरे अनुसारको बिजुली दिन नसक्दा उद्योग क्षेत्रले दैनिक १० देखि १ अर्ब रुपैयाँ घाटा ब्यहोरिरहेको छ ।’ बीरगञ्ज क्षेत्रका उद्योगहरुले पनि अहिले १४ घण्टासम्म लोडसेडिङ ब्यहोरेका छन् । १४ घण्टा बिजुली नपाउने अवस्था भएपछि त्यस क्षेत्रका उद्योगहरुले ठूला मेशिनहरु बन्द गरेका छन् ।प्राधिरकणले प्रतियुनिट ३८ रुपैयाँमा बिजुली किन्दा ३५ दिनमा ८ अर्ब रुपैयाँ घाटा हुने बताईसकेको छ । दैनिक बोलकबोलमा भाग लिने गरेको तर महँगो मूल्य राख्दा पनि बिजुली नपाएको प्राधिकरणको भनाईमा नै उद्योगीहरुले आशंका व्यक्त गरेका छन् । ‘प्राधिकरणले साँच्चै बिड राखेको छ जस्तै लाग्दैन’ एक जना उद्योगी भन्छन्, ‘बाहिर बाहिर बिड राख्यौँ, तर पाएनौँ भनिदिने, भित्रभित्रै बिड नै नराखिएको पो हो कि ?’कुलमानको ‘फिगर’ जोगाउन उद्योगमाथि प्रहार३८ रुपैयाँ प्रतियुनिटमा बिद्युत खरिद गर्दा प्राधिकरणलाई दैनिक २२ करोड रुपैयाँ नोक्सान हुन्छ । त्यो २२ करोड जोगाउन प्राधिरकरणले नियोजित रुपमै उद्योग बन्द गराएर दैनिक १० अर्ब नोक्सान गराएको आरोप उद्योगीहरुले लगाएका छन् ।कुलमान घिसिङ आफ्नो अघिल्लो कार्यकालमा चुलिएको वाहवाही नबिग्रियोस् भनेर लोडसेडिङ भन्न पनि तयार छैनन् । अर्कोतिर प्राधिकरणको ब्यालेन्स सिट घाटामा देखाउँदा जनतामा आफ्नो ‘फिगर’ बिग्रने भएकाले उनले बरु भारतबाटै बिजली नकिन्ने नीति लिएको उद्योगीहरुको आरोप छ ।तर, प्राधिकरणका प्रवक्ता सुरेश भट्टराई भारतमै ऊर्जा संकट चुलिएकाले महँगोमा पनि बिजुली नपाउँदा उद्योगहरुलाई दिन नसकिएको बताउँछन् ।

तेलको मूल्य प्रतिब्यारेल १५० डलरसम्म पुग्ने चेतावनी, आपूर्तिमा अवरोधको चिन्ता

काठमाडौं ।  पछिल्लो समय तेलको मूल्य निरन्तर बढिरहेको छ । मूल्य  वृद्धिलाई कुनैहालत नरोकिने   देखिएको छ । डिसेम्बरदेखि जनवरीको बीचमा मात्रै कच्चा तेलको अन्तरराष्ट्रिय बेञ्चमार्क ब्रेन्टक्रुड प्रतिब्यारेल ११ डलरले बढेको छ । आपूर्तिमा अवरोध उत्पन्न हुने चिन्ता, विश्वभर बढेको महँगी र भूराजनीतिक तनावका कारण पछिल्ला केही हप्ताहरुमा तेलको मूल्य आकाशिएको हो ।  ब्रेन्टको मूल्य छिटै सय डलर नाघ्न सक्ने  ऊर्जा विश्लेषकहरूले प्रक्षेपण गरिरहेका छन् । भाउ प्रतिब्यारेल १२५ डलर भन्दा माथि उक्लिने आँकलन गर्नेको संख्या बढिरहेको छ । पछिल्लो समय तेलकोे उत्खननमा पूँजीगत लगानी कम छ । भौतिक बजारमा तेलको उपलब्धता न्यून छ । यो अवस्थालाई हेर्दा आपूर्ति अभाव हुने र तेलको मूल्य १२० डलर नाघेर प्रतिब्यारेल १५० डलरसम्मै पुग्न सक्ने जेटीडी एनर्जी सर्भिसेजका निर्देशक जोन नड्रिस्कोल बताउँछन् ।  गएको हप्ता ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ९५ डलर नाघेको थियो । यो सन् २०१४ को गर्मीयाम यताकै उच्च हो । गत वर्षको सोही अवधिको तुलनामा अहिले तेलको भाउ ६३ प्रतिशतले बढिसकेको छ । बुधबार यो समाचार तयार पार्दा सम्म लन्डनको आईसीई एक्सचेञ्जको कोमेक्स डिभिजनका ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल १.१७ प्रतिशतले बढेर ९४.३७ डलरमा किनबेच भइरहेको थियो ।   रुसले युक्रेनमा आक्रमण गर्ने खतराका कारण उत्पन्न तनावबीच तेलको मूल्य हालैका दिनमा बढेको छ । तर रुसले युक्रेनी सीमाबाट आफ्नो केही सेनाहरु हटाएको खबरले भने मंगलबार एकै दिन तेलको मूल्य ३ प्रतिशतले घटेको थियो । युक्रेनमाथि हमला  गर्ने सम्भावनाको रुसले भने अस्वीकार गर्दै आएको भएपनि नाटोका अगुवा र अमेरिकी राष्ट्रपति जो बाइडेनले भने जोखिम उच्च रहेको बताउँदै आएका छन् । 'पछिल्लो समय तेलको मूल्य बढाउन भूराजनीतिक तनावले मात्रै भूमिका भने खेलेको छैन' ड्रिस्कोल भन्छन्।  बजारमा तेलको माग सुध्रिने क्रममा छ । तर आपूर्ति भने अभाव हुने देखिएको छ । प्रमुख निर्यातकर्ता देशहरुको संगठन (ओपेक) र समूह बाहिरका रुसलगायत अन्य प्रमुख तेल उत्पादकहरु अर्थात् ओपेक प्लसको तेल उत्पादन पनि समूहले बजारमा थप्ने जति तेल उत्पादन गर्न सकेका छैनन् । कोभिडको महामारी र नवीकरणीय ऊर्जाको प्रयोग बढाउने सरकारी नीतिका कारण अमेरिका र अन्य देशहरुमा तेलको  उत्खननमा लगानी कम छ । ओपेक प्लसले जनवरीमा दैनिक लक्ष्य तोकेको भन्दा तेल उत्पादन ७ लाख ब्यारेल कम छ । साउदी अरब र रुसले नै आफ्नो कोटा भन्दा कम तेल उत्पादन गरिरहेका छन् ।    तेल बजारमा लगानीकर्ताहरुको लर्को  तेलको मूल्य बुलिश रहनुमा माथि भनिएका तत्वहरुको मात्रै भूमिका छैन । तेलसँग सम्बन्धित शेयरमा लगानीको आइरो पनि  आइरहेको छ । अन्तरराष्ट्रिय तेल कम्पनीहरुले पनि ठूलो मुनाफा कमाइरहेका छन् । अमेरिकामा महँगी दशकौं यताकै उच्च स्तरमा उक्लिएको छ । यस्तो अवस्थामा ऊर्जा कम्पनीको शेयरमा लगानी गर्नु चतुर लगानी हुने विश्लेषकहरुले सुझाइरहेका छन् । विश्वको आपूर्ति शृङ्खलामा उत्पन्न समस्याहरुको साथमा महँगीका कारण विश्वभर पेट्रोल पम्पहरुमा पेट्रोलियम पदार्थको मूल्य बढाइरहेको छ नै यसले उल्टै तेल उत्खननकर्ता विशेषगरी अमेरिकी शेल आयल उत्खननकर्ताहरुको लागत पनि बढाइरहेको छ । यसले पनि बजारमा तेलको मूल्य बढाइरहेको छ ।  ‘हामीहरुले खपत बढाएपछि हाम्रो अतिरिक्त क्षमता घटेको छ, तर सम्पत्ति व्यवस्थापक, गैर–व्यवसायिक पेन्सन लगगायत मुख्य कारकहरुले तेल बजारमा लगानी खन्याइरहेका छन्,’ डिस्क्रोन भन्छन् । एसएन्डपी ५०० को ऊर्जा क्षेत्रको परिसूचक गत वर्षको सोही अवधिको तुलनामा ५० प्रतिशतभन्दा धेरैले बढेको छ । यसले पनि तेलसँग सम्बन्धित कम्पनीको शेयरमा लगानीकर्ताको उत्साह छर्लङ  पार्दछ ।  तेलको भाउ बुलिश रहने प्रक्षेपण गर्नेमा डिस्क्रोल एक मात्रै विश्लेषक होइनन् । यही महीना जेपी मोर्गनले तेलको भाउ बढेर प्रतिब्यारेल १२५ डलरमा पुग्ने प्रक्षेपण गरेको छ । माग अनुरुप तेलको आपूर्ति नहुने क्रम बढेको छ । बजारमा आपूर्ति अभाव बढ्दो छ । फेब्रुअरीमा ओपेकको तेल उत्पादन क्षमता दैनिक ३ लाख ब्यारेल कम हुने ऊर्जा सूचना प्रशासनले बताएको छ । अमेरिका र अन्यले तेलको मूल्य कम गर्न अनुरोध गरिरहेको भएपनि सन् २०२२ मा तेलको उत्पादन दैनिक ४ लाख ब्यारेलले मात्रै बढाउने आफ्नो योजनाबाट विचलित हुने ओपेकले कुनै संकेत गरेको छैन । माग बढेर धान्नै नसक्ने हो कि भनेर प्रक्षेपण भइरहेको समयमा अपेक्षा गरिएभन्दा कम उत्पादनले ऊर्जा संकट निम्त्याउन सक्ने आशंका पनि गरिएको छ ।    माग विध्वंस  कोरोना भाइरसको महामारीका कारण उत्पन्न संकुचनबाट विश्व अर्थतन्त्र पुनःबहाल भइरहेको छ । यी सबै कारकहरु र विश्वको आर्थिक पुनःबहालीलाई हेर्दा तेलको मूल्य वृद्धिलाई रोक्ने कारक निकै थोरै छ । तेलको मूल्य बढेर प्रतिब्यारेल १५० डलरमा पुग्यो भने यो तेल उत्पादक राष्ट्रहरुकै लागि समेत विपदकारी हुने चेतावनी दिइएको छ ।  तेलको मूल्य बढ्ने क्रमलाई उल्टयाउन सक्ने एउटै कारण मागमा आउने कमी हुन सक्ने आरबीसी क्यापिटल मार्केट्सका विश्लेषकहरुको विश्वास छ । माग विध्वंसको स्तरमा नपुग्दासम्म तेल चक्रले भाउ उच्च नै राख्ने आरबीसी क्यापिटल मार्केर्ट्समा कमोडिटि तथा डिजिटल बौद्धिकता रणनीतिज्ञ माइकल ट्रान बताउँछन् । यो गर्मीयाममा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर वा सो भन्दा उच्च रहने प्रक्षेपण आरबीसी क्यापिटल मार्केर्ट्सको छ ।   ऐतिहासिक रुपमा सीमित उत्पादन र कच्चा तेलको न्यून सञ्चितिका कारण तेलको मूल्य बढ्ने गरेको अनि माग विध्वंस वा आपूर्ति वृद्धि नहुँदासम्म यो समस्या समाधान नहुने देखिन्छ । तर अहिले यी मध्ये कुनै पनि कारक तत्कालै आउने संकेत नदेखिएको ट्रानको भनाइ छ ।

ऊर्जामन्त्रीले दोहोर्‍याए-लोडसेडिङ मेरै योजनाअनुसार हट्यो

२३ पुस, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले २०७२ सालमै राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत विकास दशकसम्बन्धी -९९ बुँदे) अवधारणापत्र र कार्ययोजनाबाटै लोडसेडिङ हटेको दोहोर्‍याएको छ । एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले तत्कालीन अवस्थामा मुलुकमा रहेको ऊर्जा संकटलाई तत्काल तथा दीर्घकालीन रुपमा समाधान गरी समृद्धिमा योगदान पुर्‍याउन वि.सं. २०७२ सालमै राष्ट्रिय ऊर्जा संकट […]