सार्बजनिक बिदाको दिन धनकुटामा चलेका ३५ सरकारी सवारी नियन्त्रणमा

सार्बजनिक बिदाको दिन चलाउँदै गरेको अवस्थामा धनकुटाबाट प्रहरीले ३५ वटा सरकारी सवारी साधनलाई नियन्त्रणमा लिएको छ। भेडेटार बजार, हिले बजार, सिधुवा बजार र धनकुटा बजारबाट ती सरकारी सवारी साधन नियन्त्रणमा...

सम्बन्धित सामग्री

विदाको दिन सरकारी गाडी चलाएको भन्दै युवा संघद्वारा विरोध

सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन दुरूपयोग भएको भन्दै नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले विरोध जनाएको छ। युवा संघले सार्वजनिक बिदामा बिनापासका सवारी साधन चलाउनेविरूद्ध सडक संघर्ष गरेको हो। युवा...

बिदाको दिन सरकारी सवारी साधनको दुरुपयोग गरी किनमेलमा कर्मचारी (फोटोफिचर)

काठमाडौं, २३ पुष । गृहमन्त्री रवि लामिछानेले विदाको दिन सरकारी गाडी नचढ्ने घोषणा गरेका छन् । तर, सरकारी कर्मचारी भने विदाको दिन सरकारी नम्बर प्लेटका सवारी साधन प्रयोग गरी किनमेलमा निस्किेको पाइएको छन् । शनिबार काठमाडौंको भृकुटी मण्डपमा एकैसाथै धेरै सवारी साधन भेटिएको हो । बा २ ब ८२६२, बा २ ब ७१०९, बा १ […]

सार्वजनिक बिदाको दिन सरकारी सवारी नचलाउन निर्देशन

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सार्वजनिक बिदाको दिन सरकारी सवारी नचलाउन निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालयले निर्णय सार्वजनिक गर्दै सवारी चलाउनै परे अनिवार्य पास लिन अनुरोध गरेको हो ।

बिदाको दिन चल्ने सरकारी गाडीको चाबी नखोस्न गृहको निर्देशन

गृह मन्त्रालयले सार्वजनिक बिदाको दिनमा चल्ने सरकारी सवारी साधनको चाबी नखोस्न निर्देशन दिएको छ । झण्डावाल सवारी साधन, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक सवारी साधनहरुलाई सार्वजनिक बिदाको दिन चलाउन सवारी पास आवश्यक नपर्ने सोहि बमोजिम आवश्यक व्यवस्था मिलाउन गृहले अनुरोध गरेको छ।

बिदाको दिन चल्ने अत्यावश्यक सरकारी गाडीको चाबी नखोस्न गृहको निर्देशन

काठमाडौं : गृह मन्त्रालयले सार्वजनिक बिदाको दिनमा सरकारी सवारी साधन चलाएको भन्दै विभिन्न समूहको नाममा सरकारी सवारी साधन राेक्ने, चाबी खोस्नेलगायतका काम भइरहेको हुँदा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।मन्त्रिस्तरीय निर्णय अनुसार सम्बन्धित निकायलाई सर्कुलर जारी गर्दै यस्ता गतिविधि नगर्न अनुरोध गरेको छ। मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले त्यस्ता गतिविधि भइरहेको हुँदा झण्डावाल सवारी साधन, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सवारी साधनलाई सार्वजनि

रुपन्देहीमा बिदाको दिन चलेका सरकारी सवारी साधनहरू होल्डमा

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आज शनिवार बिदाको सरकारी नीति विपरीत चलेका डेढ दर्जन बढी सवारी साधनलाई होल्ड गरेर अब उप्रान्त बिदाका दिन बिना पास नचलाउन सुझाव दिएको छ ।जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी युनिटबाट खटिएका प्रहरीले जिल्ला भित्रका सरकारी नम्बर प्लेटका सवारी साधनहरू सार्वजनिक बिदाको दिन सरकारी नीति विपरीत बिना पास चलाइएका दुई पाङ्ग्रे र चार पाङ्ग्रे  गरी १९ वटा सवारी साधनलाई होल्ड गरिएको प्रहरी प्रवक्ता डिएसपी नवरत्न पौड्यालले जानकारी दिए ।

बिदाको दिन सरकारी गाडीमा सरर

बिराटनगर । विदाको दिन सरकारी गाडी कुदाउँन नपाउँने प्रावधान छ । कार्यालय प्रयोजनमा कुदाउनै पर्दा पनि जिल्ला प्रशासन कार्यालयबाट पास लिएर मात्र कुदाउन पाइन्छ । तर, धनकुटामा भने यो नियमको पालना भएको छैन । नियम विपरित सरकारी कर्मचारीले बिदाको दिन सरकारी सवारी साधन दुरुपयोग गर्ने क्रम बढेको छ । यसले नियमको धज्जी मात्र उडाएको छैन, […] The post बिदाको दिन सरकारी गाडीमा सरर appeared first on राजधानी राष्ट्रिय दैनिक.

अनुमति नलिई चलाइएका ३४ सरकारी सवारी नियन्त्रणमा

धनकुटा । सार्वजनिक बिदाको दिन प्रशासन कार्यालयको अनुमति नलिई चलाइएका ३४ वटा सरकारी सवारी साधन धनकुटा प्रहरीले नियन्त्रणमा लिएको छ । सार्वजनिक बिदाका दिन पास नलिइ चलाएका ३३ वटा दुई पाङ्गग्रे र १ वटा चार पाङ्गग्रे सवारी साधन लाई नियन्त्रणमा लिईको जिल्ला प्रहरी कार्यलय धनकुटाका डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिनुभयो ।

सार्वजनिक बिदाको दिन सरकारी गाडी चलाउन नपाइने

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

खोटाङमा बिदाको दिन सरकारी सवारी साधनको दुरुपयोग

खोटाङमा सार्वजनिकबिदाको दिन सरकारी सवारी साधनको दुरुपयोग भएको पाइएको छ । शनिबार बिनापास चलाएको भन्दै प्रहरीले चारवटा सरकारी मोटरसाइकल नियन्त्रणमा लिएको छ ।दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ वडा कार्यालयको बा२ब ९४४८ नम्बरको मोटरसाइकल, दोर्पाचिउरीडाँडा वडा कार्यालयको बा२ब ९३५५ नम्बरको मोटरसाइकल, केपिलासगढी गाउँपालिका–५ सप्तेश्वर वडा कार्यालयको को २ ब १३६८ नम्बरको मोटरसाइकल र लोकसेवा आयोगको कार्यालय […]