सार्वजनिक बिदाको दिन सरकारी गाडी चलाउन नपाइने

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

सम्बन्धित सामग्री

बिदाको दिन सडकमा छ्याप्छ्याप्ती सरकारी गाडी (तस्बिरहरू)

देशमा आर्थिक संकट चुलिएपछि सरकारले प्रशासनिक खर्च घटाउन भन्दै आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तर, आज आइतबार पनि काठमाडौंको सडकमा छ्याप्छ्याप्ती सरकारी सवारीसाधन गुडेको भेटियो ।