लिमा । पेरुका विदेशमन्त्री मिगुएल एन्जल रोड्रिग्वेजले शुक्रबार राजीनामा दिएका छन् । उनी राष्ट्रपति पेड्रो कास्टिलोको नेतृत्वमा रहेको सरकारमा पदत्याग गर्ने चौथो विदेशमन्त्री हुन् ।
राजनीतिक अस्थिरताबाट गुज्रिएको पेरुमा विदेशमन्त्रीको राजीनामाले थप राजनीतिक अस्थिरता बढाएको छ । कास्टिलोको सरकारले सन् २०२१ जुलाईमा पदभार ग्रहण गरेदेखि हालसम्म दुईवटा महाअभियोग सामना गर्दै भ्रष्टाचारलगायत...