जापानका पुनर्निर्माणमन्त्रीले आर्थिक अनियमितताको आरोप लागेपछि मंगलबार राजीनामा दिएका छन्। प्रधानमन्त्री फुमियो किशिदाको मन्त्रिमण्डलबाट तीन महिनामा राजीनामा दिने चौथो मन्त्री बनेका छन्।आफ्ना सहयोगी, श्रीमती र आमालाई गैरकानुनी राजनीतिक भुक्तानी गरेको आरोपमा आलोचना खेपिरहेका पुनर्निर्माणमन्त्री केन्या अकिबाले पत्रकारहरूसँग भने, 'मलाई विश्वास छ कि मेरो कार्यको सन्दर्भमा कुनै अवैधता छैन।'उनले भने, 'तर बजेट र अन्य विधायिकी कार्यसूचीको काम कारबाही रोकियोस् भन्ने मेरो चाहना नरहेकाले पदबाट र