एमसिसीविरुद्धको प्रदर्शनका घाइते हेमराज डिस्चार्ज

काठमाडौं : एमसिसीविरुद्धको प्रदर्शनका क्रममा प्रहरीको आक्रमणमा परी घाइते भएका हेमराज अवस्थी मंगलबार डिस्चार्ज भएका छन्। घाइते भएको एघार दिनपछि उनी डिस्चार्ज भएका हुन्। घाइते भएका उनलाई अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो।राष्ट्रघाती भएको बताउँदै एमसिसी अनुमोदन गर्न नहुने भन्दै विभिन्न दलले विरोध प्रदर्शन गरेका थिए। 

सम्बन्धित सामग्री

एमसीसीविरुद्ध आन्दोलनमा घाइते भएका अवस्थी अस्पतालबाट डिस्चार्ज

काठमाडौं, २५ फागुन ।गत फागुन १२ गते बिभिन्न राजनीतिक दल तथा भातृ संगठनहरुको आयोजनामा भएको एमसीसी बिरोध कार्यक्रममा सहभागी भएका हेमराज अवस्थी अस्पतालबाट डिस्चार्ज भएका छन् । प्रहरीले आज एक विज्ञप्ती जारी गर्दै अवस्थी अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएको हो । डडेलधुरा नवदुर्गा गा.पा ५ सिरोला घर भई हाल जिल्ला ललितपुर टिकाथली बस्ने बर्ष ३० […]

एमसीसीको प्रदर्शनमा घाइते भएका अवस्थी अस्पतालबाट डिस्चार्ज

अमेरिकी सहयोग परियोजना एमसीसीको विरोध प्रदर्शनमा घाइते भएका युवा अस्पतालबाट डिस्चार्ज भएका छन् । अन्नपूर्ण न्यूरो अस्पतालका अनुसार घाइते भएका ३० वर्षीय हेमराज अवस्थी ११ दिन पछि सोमबार अस्पतालबाट डिस्चार्ज भएका हुन् ।प्रदर्शनमा घाइते भएका अवस्थीलाई सुरुमा ट्रमासेन्टरमा लगिएको थियो । त्यहाँ उपचार नभएपछि अन्नपूर्ण न्यूरो अस्पतालमा उनको टाउकोको अप्रेसन गरिएको थियो । अवस्थीको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको र उनलाई चिकित्सकको निगरानीमा राखिएको अस्पतालले जनाएको छ ।