परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्नो तीनदिने जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ तुल्याउन फलदायी भएको बताउनुभएको छ । पछिल्लो समय नेपालमा अमेरिकी प्रभाव बढिरहेको र अमेरिकाको सैन्य गठबन्धनमा नेपालको सहभागिता र चीन अमेरिका तनावमा नेपालको भूमिकामाथि चीनले शंका गरिरहेका बेला परराष्ट्रमन्त्री डा नारायण खड्का चीन भ्रमणमा जानुभएको हो । भ्रमणका क्रममा दुई …