हरवाचरवा, कमैया र हलियाको एकैस्वर- 'पुनःस्थापनाका लागि बजेट सुनिश्चित गरियोस्'

मुक्त कमैया, हलिया, कमलहरी र हरवाचरवाहरूले न्यायिक पुनःस्थापनाका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्न माग गरेका छन् । शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा मुक्तिको घोषणा गरिएको लामो समयसम्म न्यायिक पुनःस्थापना र जीविकोपार्जनसम्बन्धी समस्या सम्बोधन हुन नसकेका भन्दै सरोकार भएकाहरूले सरकारसँग त्यस्तो माग गरेका हुन् ।

सम्बन्धित सामग्री

पुनःस्थापनाका पर्खाइमा पाँच हजार बढी मुक्त कमैया

गोदावरी (कैलाली), १६ माघ । सुदूरपश्चिममा पाँच हजार बढी मुक्त कमैया, हलिया तथा कमलरी पुनःस्थापनाको पर्खाइमा रहेका छन् । आर्थिक वर्ष २०७५/०७६ मा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मुक्त कमैया, हलिया र कमलरी व्यवस्थापनको जिम्मेवारी स्थानीय तहमा हस्तान्तरण गरेपछि स्पष्ट कानुन नहुँदा हालसम्म पुनःस्थापना हुन नसकेको हो । मुक्त कमैया समाजका अध्यक्ष पशुपति […]

कमैया मुक्त घोषणाको २३ वर्ष : अहिलेसम्म गाँस-बासको टुंगो छैन

दाङ : सरकारले कमैया मुक्त भनेर २०५७ साल साउन २ गते घोषणा गर्‍याे ।  कमलहरी मुक्त घोषणा २०७० असार १३ गते गर्‍याे । कमैया मुक्त घोषणा भएको २३ वर्ष हुँदा पनि राज्यले अहिलेसम्म आफूहरूलाई नहेरेको उनीहरूको गुनासो छ । दाङको घोराही उपमहानगरपालिका १६ की सुभागी चौधरी मुक्त कमैया हुन् । कमैया मुक्त भएपछि २०६३ सालमा ५ कठ्ठा जग्गा पाइन् । तर, त्यो जग्गा कहाँ छ,  अहिलेसम्म थाहा नै छैन । आफूले जग्गा  पाएको लालपूर्जा हेर्नेबाहेक अरु केही विकल्प उनीसँग छैन।उनले भनिन्,‘ मैले २०६३

कैलाली–कञ्चनपुरमा मुक्त कमैया पुनर्स्थापनाका लागि अधिकार यात्रा

मुक्त कमैया, कम्लहरी र बुक्रही पुनर्स्थापनाका लागि अधिकार यात्रा २०८० सुरु गरिएको छ ।

सुदूरपश्चिममा मुुक्त कमैया र कमलरीको पुनर्स्थापनाका लागि अधिकार यात्रा

१४ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा बसोबास गर्ने मुक्त कमैया र कमलरीको पुनर्स्थापनाको माग गर्दै अधिकार यात्रा थालिएको छ । नेपाल सरकारले कमैया र कमलरी मुक्तिको घोषणा गरेका लामो समयसम्म पनि पुनर्स्थापना हुन नसकेको भन्दै बिहीबारदेखि अधिकार यात्रा सुरु गरिएको हो । मुक्त कमैया समाजको आयोजनामा सरकारलाई दबाव दिने उद्देश्यले थालिएको अधिकार […]

कमैया मुक्तिको २२ वर्ष : हामी कहाँ छौं ?

‘मुक्त कमैया कम्लहरी, मुक्त हलिया, हरुवाचरुवा सम्बन्धी वस्तुस्थिति अध्ययन समिति’ ले गत वैशाख ९ गते आफ्नो अध्ययन प्रतिवेदन बुझाएको झण्डै तीन महिनापछि त्यसैको सिफारिसलाई समुचित ठहर्‍याउँदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री तथा सिंगो मन्त्रालयको सक्रिय पहलमा विद्यमान कमैया श्रम निषेध ऐन २०५८ अनुसार आज हरुवाचरुवाको मुक्ति, ऋण र कागजात खारेजी सम्बन्धमा ऐतिहासिक घोषणा […]

कमैया मुक्तिकाे २२ वर्ष, कालो ब्यानरमा मुक्ति दिवस (तस्बिरसहित)

दाङ- कमैया मुक्त भएको २२ वर्ष पुगेको छ। २०५७ साल साउन २ गते तत्कालीन सरकारले कमैया मुक्तको घोषणा गरेको थियो। तर, कमैया मुक्त घोषणा भएको लामो समय हुँदा पनि कमैया पुर्नस्थापना हुन नसकेको भन्दै हरेक वर्ष मुक्ति दिवस आन्दोलनको रूपमा मनाउने गरिएको छ। दाङको लमहीमा सोमबार मुक्त कमैया दिवसको अवसरमा र्‍याली र सभा गरिएको छ। […]

कमैया मुक्तिको २२ वर्ष समस्या ज्युँका त्युँ

नेपालमा कमैया प्रथा कहिलेदेखि सुरु भयो भन्ने तथ्य मिति फेला नपरे पनि कमैया प्रथा पश्चिम नेपालको तराई क्षेत्र दाङ, बाँके बर्दिया, कैलाली  र कन्चनपुरमा यो प्रथा विद्यमान थियो । कमैया बस्नु भनेको दास हुनु हो । ऊ र उसको परिवार जमिनदारको घरमा बसी भैपरि आउने काम गर्नुपर्ने हुन्छ । पुरुषले खेतिपातीको र महिलाले घरभित्रको काम गर्नुपर्ने हुन्छ । जमिनदारको घरको छेउमा एउटा बुकुरो बनाएर राख्ने भएकोले महिलालाई बुक्रही भनिन्छ ।  काम गर्ने समय निर्धारण हुँदैनथ्यो ।तराई क्षेत्रमा औलो रोगका कारण बस्न सक

कैलालीको मुक्त कमैया शिविरमा आगलागी

धनगढी– कैलालीको एक मुक्त कमैया शिविरमा आगलागी भएको छ। कैलारी गाउँपालिका–७ मा रहेको मुक्त कमैया शिविरमा आगलागी भएको हो। आइतबार दिउँसो कैलारी गाउँपालिकास्थित विपतपुर शिविरमा आगलागी भएको वडाअध्यक्ष कमल प्रसाद चौधरीले बताए। उनका अनुसार आगलागीबाट बस्तीका ७३ घरधुरी जलेर सखाप भएका छन्। उनका अनुसार हालसम्म मानवीय क्षति भएको छैन तर आगो अझै नियन्त्रणमा आएको छैन। […]

‘मुक्त कमैया, हलिया र कमलरीको समस्या समाधान गर्न सरकार तयार’

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले मुक्त कमैया, हलिया, कमलरी र हरुवाचरुवाको समस्यालाई सही ढंगबाट सम्बोधन गर्न सरकार लागि परेको बताएकी छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मुक्त कमैया, हलिया, कमलरी, हरुवाचरुवाहरुको समस्या समाधान गर्न गठित अध्ययन समितिले बुझाएको प्रतिवेदन ग्रहण गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएकी हुन् ।उनले मुक्त कमैया, हलिया, कमलरी, हरुवाचरुवाको समस्यालाई सही ढंगबाट सम्बोधन गरी संविधानमा लिपिवद्ध भएका र मौलिक हकको रुपमा रहेका अधिकारल

कमैया मुक्तिका २२ वर्ष : अझै पूर्ण पुनःस्थापन हुन सकेन

राँझा / कमैया मुक्तिका २२ वर्ष बित्दा पनि मुक्त कमैयाको अझै पूर्ण पुनःस्थापन हुन सकेको छैन ।  बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरमा रहेको कमैया प्रथालाई