कमैया मुक्तिको २२ वर्ष समस्या ज्युँका त्युँ

नेपालमा कमैया प्रथा कहिलेदेखि सुरु भयो भन्ने तथ्य मिति फेला नपरे पनि कमैया प्रथा पश्चिम नेपालको तराई क्षेत्र दाङ, बाँके बर्दिया, कैलाली  र कन्चनपुरमा यो प्रथा विद्यमान थियो । कमैया बस्नु भनेको दास हुनु हो । ऊ र उसको परिवार जमिनदारको घरमा बसी भैपरि आउने काम गर्नुपर्ने हुन्छ । पुरुषले खेतिपातीको र महिलाले घरभित्रको काम गर्नुपर्ने हुन्छ । जमिनदारको घरको छेउमा एउटा बुकुरो बनाएर राख्ने भएकोले महिलालाई बुक्रही भनिन्छ ।  काम गर्ने समय निर्धारण हुँदैनथ्यो ।तराई क्षेत्रमा औलो रोगका कारण बस्न सक