कमैया मुक्त घोषणाको २३ वर्ष : अहिलेसम्म गाँस-बासको टुंगो छैन

दाङ : सरकारले कमैया मुक्त भनेर २०५७ साल साउन २ गते घोषणा गर्‍याे ।  कमलहरी मुक्त घोषणा २०७० असार १३ गते गर्‍याे । कमैया मुक्त घोषणा भएको २३ वर्ष हुँदा पनि राज्यले अहिलेसम्म आफूहरूलाई नहेरेको उनीहरूको गुनासो छ । दाङको घोराही उपमहानगरपालिका १६ की सुभागी चौधरी मुक्त कमैया हुन् । कमैया मुक्त भएपछि २०६३ सालमा ५ कठ्ठा जग्गा पाइन् । तर, त्यो जग्गा कहाँ छ,  अहिलेसम्म थाहा नै छैन । आफूले जग्गा  पाएको लालपूर्जा हेर्नेबाहेक अरु केही विकल्प उनीसँग छैन।उनले भनिन्,‘ मैले २०६३