९ जनाको शव भेटियो, एक जना बेपत्ता

काठमाडौं : सिन्धुपाल्चोकका दुई छुट्टाछुट्टै स्थानमा पहिरोमा पुरिएर ९ जनाको मृत्यु भएको छ। १ जना बेपत्ता छन्। मेलम्ची नगरपालिका–११ मा गएराति पहिरोमा पुरिएर बेपत्ता भएका ८ जनामध्ये ७ जनाको शव निकालिएको छ। १ जना अझै हराइरहेका  छन्। कर्भडल निर्माणमा खटिएका कामदार बसेको घर गएराति पहिरोले पुर्दा ९ जना बेपत्ता...

सम्बन्धित सामग्री

दार्चुला पहिरो (अपडेट) : थप एक शव भेटियो, १० जना बेपत्ता

दार्चुलामा हालसम्म बाढी पहिरोमा परेका थप एक जनाको शव फेला परेको छ । यसअघि पाँच जनाको शव भेटिएको थियो ।

दार्चुलामा पहिरोमा पुरिएका ५ जनाको शव भेटियो, ७ जना बेपत्ता

२५ भदौ, धनगढी । दार्चुलामा अविरल वर्षापछि आएको पहिरोमा पुरिएर बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ । नौगाड गाउँपालिकामा तीन र महाकाली नगरपालिकामा दुई गरेर पाँच जनाको शव भेटिएको छ भने ७ जना अझै बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दार्चुलाका निमित्त प्रमुख प्रहरी निरीक्षक जगत गाहा मगरले नौगाड गाउँपालिका–२ बस्ने १५ […]

धादिङमा डोजरसँगै पुरिएका ३ जनामध्ये १ जनाको शव भेटियो

धादिङको रुवी भ्याली गाउँपालिकाको तिप्लीङमा बाटो खन्ने क्रममा डोजरसँगै पुरिएका ३ जनामध्ये १ जनाको शव भेटिएको छ । शनिबार एकजना बख्खु लगाएका व्यक्तिको शव भेटिएको धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिएका छन् । शव भेटिएका व्यक्तिको भने पहिचान भैनसकेको उनले बताए ।  अन्य २ जनाको अवस्था अझै अज्ञात छ । बिहिबार विहान डोजरमा सवार चालकसहित ३ जना बेपत्ता भएका थिए । बेपत्ताहरुको खोजीका लागी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ ।

पाँचथरमा बाढीमा बेपत्ता भएका एक जनाको शव भेटियो

पाँचथर – पाँचथरमा वर्षासँगै आएको बाढीले बगाएर बेपत्ता भएका फिदिम नगरपालिका–६ का प्रेम आलेको शव भेटिएको छ । उहाँको शव भेटिएसँगै पाँचथरमा बाढी पहिरोको कारण ज्यान गुमाउनेको सङ्ख्या ३१ पुगेको छ । उहाँलाई फिदिम–५ मा पर्ने सिवा खोलाले कात्तिक ४ बगाएर बेपत्ता बनाएकाे थियाे। पाँचथरमा पहिरोको कारण अझै तीन जना बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो । मिक्लाजुङ गाउँपालिकामा बेपत्ता रहेका तीन जनाको खोज...

इटहरी क्षेत्रबाट तीन जनाको शव भेटियो, अझै तीन जना बेपत्ता

इटहरीमा वर्षेनी वर्षातको पानीको निकास नहुँदा वस्तीका घरहरुमा पानी छिरेर क्षति गर्ने गरेको छ।

पहिरोमा पुरिएका ३ जनाको शव भेटियो

नवलपुर– नवलपरासी पूर्व हुप्सेकोटमा पहिरोमा पुरिएर बेपत्ता भएका तीन जनाको शव भेटिएको छ । बुधबारदेखिको अविरल वर्षापछि विहीबार राति पहिरो जाँदा एकै परिवारका तीन जना बेपत्ता भएका थिए । बेपत्ता तीनै जनाको शव शनिबार दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मधुसूदन सिंहले जानकारी दिए । उनका अनुसार शनिबार पहिरो पन्छाएर शव निकालिएको छ […]

वर्षेनी बाढीको त्रासमा इटहरी गैरीगाउँका बासिन्दा

इटहरी । झन्डै चार बर्षअघि विनासकारी बाढीबाट इटहरीमा एकै घरका तीन जनासहित दस जना बेपत्ता भए । जसमध्ये ८ जनाको शव भेटियो । दुईजना अझै बेपत्ता छन् । इटहरी वडा नं. ४ को गैरीगाउँका एकैघरका रामकुमार राई, आशा राई र निमेष राईलाई बाढीले बगायो । यीमध्ये आशाको शव भेटियो । रामकुमार र निमेषको शव […] The post वर्षेनी बाढीको त्रासमा इटहरी गैरीगाउँका बासिन्दा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

मेलम्ची बाढी पहिरो : थप एकजनाको शव भेटियो, बेपत्ता चार सम्पर्कमा

काठमाडौं : सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीमा परी बेपत्ता भएकामध्ये ४ जना सम्पर्कमा आएका छन्।घटनामा बेपत्ता भएका एक जनाको शव फेला परेको बताइएको छ । गएराति अबेर ४ जना जिवितै भेटिएको र एक जनाको शव भेटिएको भन्ने खवर आएको र पुष्टि गर्न बाँकी रहेको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताए। उनका अनुसार बेपत्ता भएका १५ जनाको खोजी कार्य जारी छ। मंगलबार रातिदेखि आएको भीषण वर्षापछिको बाढीमा परि २० जना बेपत्ता भएको प्रारम्भिक अनुमान छ।उक्त घटनामा यसअघि द

सिन्धुपाल्चोकमा बाढीमा फसेका ६० जनाको उद्धार, एक शव भेटियो, ७ जना बेपत्ता

सिन्धुपाल्चोकको इन्द्रावती र मेलम्ची खोलामा आएको बाढीमा फसेका ६० जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार आज २ बजेसम्म कुल ६० जनालाई उद्धार गरिएको छ। सिनो हाइड्रो परियोजनामा कार्यरत रहेका नेपाली, चिनियाँ र भारतीय नागरिकसहित एकै स्थानबाट कुल ३७ जनालाई उद्धार गरी धुलिखेल अस्पताल पुर्‍याइएको उनले बताए। ‘अहिलेसम्म ७ जना बेपत्ता भएको कुरा आएको छ, त्यसमध्ये पनि बाढीले नै बगाएर बेपत्ता भएको हो वा आफन्तकोमा गएकाले स...

इन्द्रवती खोलामा एक जनाको शव भेटियो, अन्य ७ जना बेपत्ता

सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिकास्थित इन्द्रावती खोलामा एक पुरुषको शव फेला परेको छ । बाढीले बगाएका एक जनाको शव इन्द्रावती -७ स्थित खोलामा फेला परेको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए । मृतकको सनाखत हुन सकेको छैन । बाढीमा परी हालसम्म ७ जना हराइरहेको सूचना आएको उनले बताए । एमाले पार्टी कार्यालयबाट २ जना, रोज रिसोर्टबाट २ जना र अन्य ३ जना जेष्ठ नागरिकको हेलिकप्टरमा उद्धार गरिएको उनले बताए । उद्धार गरिएकाहरूको अवस्था सामान्य छ । क्षतिको यकिन विवरण आइनसकेको सहायक प्...