बुट्यानमा ढपक्कै सेतै हिउँ थुप्रिएर गुराँसकै आकार लियो भने त्यसलाई के नाम दिउँ? अलमलिएको छु। सेतो गुराँस भनुँ? नाई, त्यो हुनै सक्दैन। लाङटाङ घुम्दा सेतै गुराँस देखेको छु, तर यति निख्खर चाहिँ होइन। गुराँसघारी भेट्न सडकमा चिप्लिँदै चिप्लिँदै अगाडितिर बढिरहेको छ गाडी। सडक सेतोपत्रे छ, त्यसमुनि रातो माटो। रोमाञ्चित