काठमाडौं, पुस ८ । प्रतिनिधिसभा सदस्य प्रेम सुवालले भक्तपुरको कमल विनायक–नगरकोट सडक निर्माणको ठक्का पाएको सैलुङ कन्स्ट्रक्सन कम्पनीको लाइसेन्स खारेज गर्नुपर्ने बताएका छन्। सो सडक निर्माणमा भएको ढिलाइ तथा लापरबाहीका सन्दर्भमा बुधबार भक्तपुरमा आयोजित अन्तक्र्रियामा उनले समयमै काम नसकेकोमा ठेकेदार कम्पनीसँग कारबाहीस्वरूप जरिवाना पनि लिनुपर्नेमा उनले जोड दिए। चाँगुनारायण नगरपालिकाको आयोजनामा भएको सरोकारवालासँगको छलफलमा उनले […]