तनहुँ - गएकाे बुधवारदेखि परेको अविरल वर्षापछि तनहुँका विभिन्न ठाउँका १७८ घरपरिवार पहिराेकाे उच्च जोखिममा रहेका छन् ।
घर जोखिममा रहेपछि आमा समूह, विद्यालय, छिमेकी र आफन्तजनकोमा शरण लिन बाध्य भएका छन् । बन्दिपुर गाउँपालिकामा मात्रै १३२ र ऋषिङ गाउँपालिकामा ४६ गरी यस सङ्ख्याका घरपरिवार विस्थापित भएका छन् । यस गाउँपालिकाको वडा नं २ मा रहेकाे खहरे खोलाले पाँच घर बगाएको छ । त्यसैगरी धारापानी, रामकोट र कल्चोकमा गरी त्यस सङ्ख्याका घरपरिवार विस्थापित भएका हुन्।
घटना भएको जानकारी पाएसँगै उपाध्यक्ष करुणा गुरुङको नेतृत्वमा...