झापामा वर्षा : सीमास्तम्भ डुबान, २७७ घरपरिवार प्रभावित

झापामा सोमबार रातिदेखि आएको अविरल वर्षाका कारण २७७ घरपरिवार प्रभावित भएका छन् । वर्षाले जिल्लाका विभिन्न स्थानमा भएको डुबान तथा नदी–खोलामा आएको बाढी गाउँबस्ती पस्दा उनीहरु प्रभावित भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गौरीगञ्ज, शिवसताक्षी, गौरादह, बाह्रदशी, बिर्तामोड, झापा, कचनकवल, भद्रपुर, कमल, दमकलगायतका स्थानमा बढी क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले आज सार्वजनिक गरेको क्षति विवरणमा उल्लेख छ ।कचनकवल गाउँपालिका–१ स्थित पिण्डलबारीमा बिरिङ खोलामा आएको बाढीले सो स्थ

सम्बन्धित सामग्री

ढलेको सीमास्तम्भमा लुगा धुन्छन् भारतीय

झापाको गौरीगञ्जमा भारतसँग सिमाना जोडिएको गौरिया खोलामा बाढीले पुरिएको एउटा सीमास्तम्भ दुई वर्ष बितिसक्दासमेत यथास्थितिमा उठाउन पहल भएको छैन । यसबाट सीमाकै अस्तित्व सङ्कटमा परेको छ । गौरीगञ्ज गाउँपालिका–४ बाह्रसुदीमा रहेको १४९ शृङ्खलाको २४ नम्बर सीमास्तम्भ २०७६ सालको बर्खा याममा गौरिया खोलाको बाढीले ढलेको थियो । बाढीले ढलेको सीमास्तम्भ गत वर्षा यामको बाढीले झन् पुरिएको …

चीनसँग जोडिएका सीमास्तम्भ अनुगमन तीव्र

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका हिल्सा सीमा सुरक्षामा रहेको सुरक्षा प्रहरीचौकी (बिओपी) हिल्साले पछिल्लो समय चीनसँग जोडिएका सीमास्तम्भको अनुगमनलाई तीव्रता दिँदै आएको छ । दुई वर्ष हिल्साको सीमा क्षेत्रमा रहँदै आएको हिल्सा बीओपीले चीनको सिमानामा रहेको ४ नम्बर सीमास्तम्भमा पहिलो पटक पुगेर आफ्नो क्षेत्रको स्थलगत अनुगमन गरेको छ । वर्षा याममा हिमपात नहुने र मौसम सफा हुने भएकाले पनि उच्च क्षेत्रमा चीनसँग जोडिएका सीमा क्षेत्रको सीमा स्तम्भको अनुगमनलाई तीव्रता दिँदै आएको हिल्सा बिओपिका इन्चार्ज सुरज केस