नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत दोस्रो चरणको सभापतिको निर्वाचनमा डा. शेखर कोइराला पराजित भएका छन् ।
कोइरालालाई ९ सय ७ मतले हराउँदै सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् ।
निर्वाचनमा हारेपनि दोस्रो चरणमा कोइरालाले बढी मत पाएका छन् ।
पहिलो चरणमा कुल ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये ४ हजार ६७९ जनाले मतदान गरेका थिए । देउवाले २२५८ मत पाउँदा कोइरालाले १७०२ पाएका थिए ।
दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेकोमा देउवाले २७३३ मत पाएर देउवा सभापति निर्वाचि...
काठमाडौं, २८ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत सभापतिका लागि दोस्रो चरणको मतदान सुरु भएको छ । राजधानीको भृकुटीमण्डपमा पौने ४ बजेदेखि मतदान सुरु भएको हो । पहिलो चरणमा सभापतिका ५ उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि पुनः मतदान हुन लागेको हो । दोस्रो चरणमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुन लागेको […]
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि सोमबार मतदान सम्पन्न भएको छ । बिहान साढे ११ बजे सुरु भएको मतदान राति अबेर राति सकिएको हो ।मतदानका लागि बिहान ८ बजेदेखि साँझ ५ बजेसम्मको समय तोकिएकोमा ढिलोगरी सुरु भएपछि समय थपिएको थियो । मतदान सकिएपछि राति नै सभापतिको मतगणना सुरु भएको थियो ।शुक्रबार औपचारिक उद्घाटन […]
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको मतदानमा पहिलो चरणमा सभापति पदमा कसैले बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको चुनाव गर्नुपर्ने भएको छ ।
मंगलवार बिहान सम्पन्न मतगणनामा पहिलो चरणमा कसैले आवश्यक बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुने भएको हो ।
पहिलो चरणमा प्रधानमन्त्री एवं निवर्तमान सभापति शेरबहादुर देउवाले २२५८ मत प्राप्त गरे । सभापतिका अर्का प्रत्यासी डा. शेखर कोइरालाले .१७२९ मत ल्याए । प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत प्राप्त गरेका छन् ।
...
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु हुन दुई दिनमात्रै बाँकी रहँदा संस्थापन इतर पक्ष बुधबार पनि सभापतिको उम्मेदवार टुंगो लगाउन असफल भएको छ । संस्थापन पक्षबाट वर्तमान सभापति शेरबहादुर देउवा उम्मेदवार बन्ने निश्चित भए पनि इतर पक्षले भने साझा उम्मेदवार तय गर्न सकेको छैन । वर्तमान नेतृत्वको विकल्प दिन इतर पक्षबाट साझा उम्मेदवार बनाउन […]
२२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहमा सभापतिको साझा उम्मेदवारबारे बुधबार पनि सहमति जुट्न सकेन । अब भोलि आकांक्षीहरु बाहेक केन्द्रीय सदस्यहरुको बैठक बस्ने र विकल्प सुझाउने नेताहरुले बताएका छन् । १४औं महाधिवेशन पर्सि २४ गतेदेखि शुरु हुनेछ । तर पौडेल समूहले सभापतिको उम्मेदवार टुंगो लगाउन सकेको छैन । महामन्त्री डा. शशांक कोइरालाले […]
काठमाडौं, मंसिर २० । नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु हुन एक साताभन्दा कम समय बाँकी छ। महाधिवेशनमार्फत नेतृत्वमा पुग्न झन्डै दर्जन नेता आकांक्षी छन्। वर्तमान सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, नेता शेखर कोइराला र कल्याण गुरुङले शीर्ष नेतृत्वका लागि […]
काठमाडौं, २९ भाद्र । नेपाली काँग्रेसको १४औं महाधिवेशन नजिकिदै गर्दा वर्तमान सभापति शेरबहादुर देउवा अर्को कार्यकाल नेतृत्वका लागि प्रतिष्पर्धामा उत्रने निश्चितप्रायः भइसकेको छ । देउवाले सार्वजनिक रुपमा सभापतिको उम्मेदवारी घोषणा गरेका छैनन् । तर, उनको सक्रियता त्यसैतर्फ केन्द्रित देखिन्छ । देउवाले सभापति दोहोराउन खोजेपछि उपसभापति विमलेन्द्र निधिले साथ छाडिसकेका छन् । निधिले आफै सभापतिको उम्मेदवारी […]
काठमाडौं। नेपाली कांग्रेसको संस्थापनइतर जिल्ला सभापतिहरुको बैठक शुरु भएको छ। ठमेलस्थित एक होटेलमा जारी बैठकमा४७ जना जिल्लाका सभापतिहरु सहभागी रहेका छन्। कांग्रेसको १४औं महाधिवेशन पूर्वनिर्धारित मितिमा नहुने भएपछि संस्थापनइतर जिल्ला सभापतिहरु छलफलमा जुटेका हुन्। नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिंह केसीका अनुसार बैठकमा ३५ भौतिक र १२ जना भर्चुअल रुपमा सहभागी रहेका छन्। बैठकले महाधिवेशनबारे आवश्यक रणनीति तय गर्ने जनाइएको छ।